सत्तारुढको प्रस्ताब ‘मधेश’ पनि अस्वीकृत - Sainokhabar

सत्तारुढको प्रस्ताब ‘मधेश’ पनि अस्वीकृत

साइनो समाचारदाता

जनकपुर । सत्तापक्ष समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा ल्याएको प्रस्ताव ‘मधेश’ पनि अस्वीकृत भएको छ । प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा मद्येससहित चार वटा नाम प्रस्ताव प्रस्ताव अस्वीकृत भएका छन् ।

मंगलबार भएको गोप्य मतदानमा प्रस्ताबको पक्षमा दुई तिहाई मत प्राप्त नभएपछि प्रस्ताबहरु अस्वीकृत भएको हो । ‘मधेश’ को पक्षमा ६० मत खसेको छ भने एक मत बदर र ४६ वटा मत विपक्षमा परेको छ । समाजवादी पार्टी र राजपाको क्रमशः ३० र २५ गरी जम्मा ५५ सदस्यसहित ४ मत मद्येशको पक्षमा झार्न सत्तापक्ष सफल भएको छ । सभामा नेकपा र कांग्रेसको क्रमशः ३२ र १९ गरी ५१ सदस्य छन् ।
१ सय ७ सदस्य रहेकोमा कुनै पनि प्रस्ताव पारितको लागि नेपालको संविधान २०७२ले कम्तीमा दुई तिहाई अर्थात् ७२ जनाको समर्थन आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी कांग्रेसले प्रदेश सभा सदस्यहरुहरुलाई कडाइका साथ ‘मधेश’ को विपक्षमा मतदान गर्न लगाएका थिए । नेकपाले त ‘मधेश’ का लागि मतदान हुनु अघि संसदीय दलको बैठक बसेर दलका सांसदहरुलाई पार्टीको झण्डा छुन लगाएर विपक्षमा मतदान गर्न ‘कसम’ नै खुवाएको एक सांसदले बताए ।

सम्बन्धित खवर

%d bloggers like this: