नगरका विकास झारा टार्ने मात्र ः अनुगमन समिती - Sainokhabar

नगरका विकास झारा टार्ने मात्र ः अनुगमन समिती

पथरी
पथरीशनिश्चरे नगरपालिका भित्र निर्माण भएका विकास निर्माण का काममा लापरवाहि हुने गरेको अनुगमन समितीले वताएको छ ।

नगरउपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजनमा रहेको अनुगमन समितीले गरेको अनुगमनमा प्राय विकास निर्माणका कार्यमा लापवाहि भेटिएको उपप्रमुख वास्तोला लाई उद्धृत गर्दै नगरका सुचना संयोजक भुपेन्द्र तिम्सीनाले जनाएका छन् ।

तिम्सीनाका अनुसार नगरमा भएका विकाश निर्माणमा ठेकेदारले चरम लापरवाहि गरेकाले उपप्रमुख वास्तोलाले कति पया निर्माण भएका संरचना समेत भत्काएर नयाँ वनाउन लगाएका छन् । ठेकेदार र उपभोक्ता समितीले विकाश निर्माणका काममा लापरवाहि गर्दा वन्दै गरेका संरचना गतिलो नवनेको अनुगमन समितीले ठहर गरेको तिम्सीनाले जानकारी दिए ।

अनुगमन समितीले पिपल चौक मार्ग वडा नम्वर ८ को विसविघे समालडाँडा तथा नेम्वाङ होली बाटोको स्तरोन्नती ,वडा नम्वर ९ को सिरिजंगा आधारभूत विद्यालयको पर्खाल निर्माण,९ कै हाटखोला पश्चिम अमि शंकरको घर दक्षिण पिपलचोकसम्मको बाटो स्तरोन्नती, वडा नम्वर ६ कल्भर्टको निर्माणमा चरम लापरवाहि भएको अनुगमनमा संम्लग्न जनप्रतिनिधीले वताएका छन् ।

यस्तै ९ नम्वरको मणिकुमार तामाङको घरदेखि काङसोरे चोक निस्कने बाटोको स्तरोन्नतीका ग्राभेलकार्यमा अनियमीतता भएको आशंका अनुगमन समितीले गरेको तिम्सीनाले जानकारी दिए ।

यस्तै वडा नम्वर ५ स्थित अमरसिंह मावि पश्चिम झोलुङ्गे पुल जाने बाटो ग्राभेल र ९ को उदय मादेनको घर हुँदै दिलिप ओख्राबुको घरसम्मको बाटो स्तरोन्नतीको कार्यमा पनि लापरवाहि भएको उपप्रमुख वास्तोलाको टोलीले वताएको छ ।

ठेकेदार र जनप्रतिनिधीकै मिलोमत्तोमा विकास निर्माणमा चरम लापरवाहि हुने गरेको गुनासो स्थानियवासीले राख्दै आएपनि अनुगमन समितीले सो वारे आफ्नो धारण वाहिर ल्याएको हो ।

सम्बन्धित खवर

%d bloggers like this: