गजल - Sainokhabar

गजल

याम लिम्बु

भूभाग मात्र होइन नेपाल भनी पढाउनुछ ।
बहुलबादी संस्कार बुझ्ने मनचेत बढाउनुछ।

मेची काली हिमाल पहाड तराइ मधेशको ,
आउ जाउ रोक्ने मनको पर्खाल लडाउनुछ।

मान्छे भेद्ने छुट्याउने फोहर कसिंगरलाई
कम्पोष्ट बनाई उत्पादनकै लागि सडाउनुछ।

जन जनलाइ मुर्ख बनाई लुट्ने भ्रष्टहरुलाई
खोजी खोजी कानुन हेरी शूली चढाउनुछ ।

सम्बन्धित खवर

%d bloggers like this: