कांग्रेसले आधा झण्डा झुकाउँदै - Sainokhabar

कांग्रेसले आधा झण्डा झुकाउँदै

साइनो समाचारदाता

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म आफ्नो पार्टीको झण्डा आधा झुकाउने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले चैत २ गतेसम्म झण्डा झुकाउने निर्णय गरेको हो । चैत्र २ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने तथा शेर्माको स्वर्गारोहणको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं पूर्व स्थानीय विकास मन्त्री समेत रहेका पूर्णकुमार शेर्मा (लिम्वू) को २०७६ फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । हिजो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको वि.सं. २००० असोज १२ गते जन्मिएका थिए । उनले पार्टीको विभिन्न तहको विभिन्न पदमा रही सक्रिय भूमिका निर्वाह गर्नुका साथै नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा समुदायको उत्थान, सामाजिक सेवा र ग्रामीण विकासमा पु¥याउनु भएको योगदान पार्टी र देशको इतिहासमा सदा स्मरणीय गरिरहने काग्रेसले जनाएको छ । नेता शेर्माको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान पनि प्रकट गरेको छ ।

सम्बन्धित खवर