प्रधानमन्त्री ओली डिस्चार्ज - Sainokhabar

प्रधानमन्त्री ओली डिस्चार्ज

साइनो समाचारदाता

काठमाडौं । दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार बेलुकी डिस्चार्ज भएका छन् । प्रधानमन्त्री अ‍ोलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

.

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका थिए । शुक्रबार अपराह्न गरिएको नियमित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका थिए । ओलीको मिर्गौला प्रत्यारोपणमा करिब ५ देखि ६ लाख रुपैयाँ खर्च भएको अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

अस्पतालबाट अस्पतालबाट

सम्बन्धित खवर

%d bloggers like this: