पूर्व मन्त्री शेर्माको पार्थिक शरीर पार्टी कार्यालयमा श्रञ्द्धान्जलीका लागि राखिदै - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

पूर्व मन्त्री शेर्माको पार्थिक शरीर पार्टी कार्यालयमा श्रञ्द्धान्जलीका लागि राखिदै

साइनो समाचारदाता

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भयो ।
नेपाली कांग्रेसका मूख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार शेर्माको पार्थिव शरीर फागुन ३० गते विहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ । शेर्माको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै देउवाले शेर्माको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

शेर्माको संक्षिप्त जीवनी

स्वर्गीय शेर्माले नेपालको लोकतान्त्रिक आन्दोलनहरु नेपाली कांग्रेसको तर्फबाट सक्रिय भूमिका निर्वाह गरे । स्वर्गीय शेर्मा नेपाली कांग्रेस पाँचथरका एक अग्रज, निष्ठावान नेता एवं एक सच्चा अभिभावक थिए । स्वर्गीय शेर्मा वि.सं. २०३६ को जनमत संग्रहमा बहुदल प्रचार प्रसार समिति पाँचथरको अध्यक्ष र भू.पू.सांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति थिए । २०४८ अषार १२ गते राष्ट्रिय सभाको सांसद भएका स्वर्गीय शेर्मा २०५१ कात्र्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा राष्ट्रिय सभा सांसद पदबाट राजीनामा गरी पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका थिए । २०५५ मा पार्टीको केन्द्रीय समन्वय विभागको सदस्य, पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति भए । वि.सं. २०५८ आश्विन ९ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित र पार्टीको एघारौँ महाधिवेशनपछि २०६२ कात्र्तिक १ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा पुनः मनोनित भएका थिए ।

वि.सं. २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा ६ महिना जेल जीवन बिताए । स्वर्गीय शेर्मा २०४६ मा प्रजातन्त्र वहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेल जीवन विताए । पाँचथरको साराङडाँडा—७ निगालेमा वि.सं. २००० असोज १२ गते जन्मिएका स्वर्गीय शेर्माको पत्नी, दुई छोरा र पाँच छोरी रहेको छ ।

 

सम्बन्धित खवर