प्रहरीले हान्यो पीडितलाई थप्पर - Sainokhabar
  • बुधबार, फागुन १२, २०७७

प्रहरीले हान्यो पीडितलाई थप्पर

साइनो समचारदाता पथरी/ प्रशरीले घुस लिएको समाचार केहि संचार माध्यममा आएपछि खुलासा गर्नेलाई घरैबाट ल्याएर प्रहरीले कुटपिट गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीकै अगाडि कुटपिट गरेको पीडितले बताएको छ ।
घरायसी झगडाको बिषयमा गत फागुन ११ गते पथरीशनिश्चरे—३, सिर्जना चोजको गोजबहादुर राईलाई प्रहरीले पक्रेको थियो । राई पक्राउ परेको भोली पल्ट छुटेका थिए । छुट्ने क्रममा पाँच हजार रुपैया घुस प्रहरीले लिएको विषयमा विभिन्न अनलाइनहरुमा समाचार आएको थियो ।
समाचार आएपछि डीएसपी दिलिपकुमार गिरीको निर्देशनमा आज २९ गते जोगबहादुर राईलाई प्रहरीले पुन इलाका प्रहरी कार्यालय ल्याएका थिए ।
इलाका ल्याएर धम्किपूर्ण भाषामा प्रस्नहरु गर्नेक्रममा आफूलाई तीन झापड हानेको पीडित राईले बताए । यद्यपि ५ हजार रुपैयाँ आफूबाट प्रहरीले लिएको कुरा डीएसपी गिरीलाई बताएको राई जानकारी दिए ।
डीएसपी गिरीले प्रहरीले भने पैसा लिएको समाचार आएपछि पाँच घण्टा लगाएर सीसीटिभी फुटेज हेरेको कसैले पैसा लिएको नदेखिएको बताए ।
ल्याएर सोध्ने क्रममा राईले घरी भित्र र घरी बाहिर पैसा लिएको दोधारे कुरा गरेको गिरीको भनाइ छ । प्रहरीको मनोबल गिराउन समाचार लेखिएको गिरीको भनाइ छ । डीएसपी दिलिपकुमार गिरी आएपछि शान्ति सुरक्षा, चोरी नियन्त्रण भन्दा बढी मापासे चेकजाँचको नाममा ‘दादागिरी’को रुपमा प्रस्तुत हुन थालेपछि स्थानीयबासी रुष्ट बन्दै गएका छन् ।
राईको अगाडी गिरीले धेरै प्रहरीहरु उपस्थीत गरि देखाएका थिए उपस्थीत प्रहरीहरु पैसा लिने नभएको राईले बताए तर प्रहरीले बिदामा रहेका प्रहरीहरुको विषयमा कुनै सोधपुछ भने गरेको थिएन । सोधपुछ हुदा केहि प्रहरीहरु थिएन्न भने केहि प्रहरीहरु विदामा रहेका थिए ।

सम्बन्धित खवर