गजल - Sainokhabar

गजल

✍️ पूर्ण समीत

न रुपैयाँ – पैसाले सकिन्छ, न ओखतीले सकिन्छ
पिरतीको रोग निको पार्न केवल पिरतीले सकिन्छ

तिमी भन्छौ पैसावाल पाएकैले प्रेमिकाले धोका दि
यहाँ बाउ – छोराको त सम्बन्ध सम्पत्तिले सकिन्छ

धानको भात खानै दशैं, तिहार कुर्नु पर्छ गरीबले
धनीको त जिन्दगी बासमतीनै बासमतीले सकिन्छ

केही गर्न सकिएन भनेर कुनै अफसोस छैन मलाई
अचेल मान्छेको इज्जत पनि त प्रगतिले सकिन्छ

सुनेपछि अवैध सम्बन्धको खवर झुन्डिएको हो ऊ
जाबो परदेशीको जीवन आफ्नै श्रीमतीले सकिन्छ

पथरीशनिश्चरे – ६, मोर

सम्बन्धित खवर

%d bloggers like this: