टाँडी र श्रीलंका टप्पुमा क्वारेन्टाइन स्थापना - Sainokhabar

टाँडी र श्रीलंका टप्पुमा क्वारेन्टाइन स्थापना

साइनो समाचारदाता

विराटनगर । कोरोना भाइरस संक्रमणको जोखिममा रहेकाहरुका लागि मोरङको मिक्लाजुङको टाँडी र सुनसरीको श्रीलंका टप्पुमा क्वारेन्टाइन स्थापना गरिने भएको छ ।

प्रदेश १ सरकारले टाडीमा रहेको सैनिक ब्यारेकको जग्गामा, बराहक्षेत्र नगरपालिका ६–७ मा पर्ने श्रीलंका टप्पुमा क्वारेन्टाइन राखिने छ । श्रीलंकापप्पु कोशी नदीबाट घेरिएको स्थान हो । जहाँ पुग्न नाउको साहारा चाहिन्छ । दुई स्थानमा तत्काल क्वारेन्टाइन स्थापना गर्ने भनिए पनि त्यहाँ कति जनालाई राख्न सकिन्छ भन्नेबारे सार्वजनिक गरिएको छैन । प्रदेश सरकारको विहीबार बसेको बैठकले भने संख्या नतोकी दुई स्थानमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक परेको अवस्थामा अन्य स्थानमा पनि क्वारेन्टाइन राखिने बताए । मुख्यमन्त्री राईले सम्भावित जोखिम नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रदेश सरकारले पोशाक र अतिरिक्त भत्ता दिने जानकारी दिए ।

भारतसँग खुला सीमा जोडिएको प्रदेश १ का चार जिल्लामा हेल्थ डेस्क राख्ने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । प्रदेश सरकारले सीमा क्षेत्रमा प्रत्येक नाकामा ९ र बिमानस्थलमा ६ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गर्ने गरिने बताए । उनले शंकास्पद विरामी भेटिएको अवस्थामा तत्कालै अस्पतालसम्म पूर्याउनका लागि पूर्व तयारीका सामाग्री र एम्बुलेन्स तयारी अवस्थामा राखिएको, प्रदेश १ का अस्पतालहरुमा ३० सैय्याको आइसोलेसन बेड तयार गरिएको बताए ।

सम्बन्धित खवर

%d bloggers like this: