लुम्बिनी आस्पतालमा कोरोना संक्रमणको आशंकामा १ जना भर्ना - Sainokhabar

लुम्बिनी आस्पतालमा कोरोना संक्रमणको आशंकामा १ जना भर्ना

साइनो समाचारदाता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा २१ वर्षीय एक युवकलाई विहीबार भर्ना गरिएको छ ।

कोरोना संक्रमण भएको आशंकामा ती युवालाई अस्पतालमा भर्ना गरिएको हो । ती युवकमा कोरोना भाइरसको संक्रमणमा देखिने लक्षणहरु देखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनको अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ । ‘कडा किसिमको निमोनिया देखिएको छ, कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन् ।’ उनले कोरोना नै होकि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी रहेको बताए । अस्पतालले नमूना परीक्षणका लागि विरामीको रिपोर्ट काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।

 

सम्बन्धित खवर

%d bloggers like this: