नगर अस्पताललाई भिडियो एक्सरे मेसिन प्रदान - Sainokhabar

नगर अस्पताललाई भिडियो एक्सरे मेसिन प्रदान

साइनो समाचारदाता

पथरी । यूएन रिफुजी एजेन्सी शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (युएनएचसीआर) ले मोरङको पथरी नगर अस्पताललाई भिडियो एक्सरे (युएसजी) मेसिन हस्तान्तरण गरेको छ ।

युएनएचसीआरकी नेपाल प्रमुख क्यारोलिन स्पुनित बर्माले नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला तथा नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंलाई मेसिन हस्तान्तरण गरेका हुन् । २८ लाख ९० हजार रुपैयाँ बराबरको मेसिन हस्तान्तरण भएको हो । कार्यक्रममा बोल्दै बर्माले स्वास्थ्य विमा सहितका कार्यक्रममाफृत भूटानी शरणार्थीहरुलाई समेत सहयोग पुर्याउँदै आपसी भाइचारा कायम गरेकोमा नगरपालिका कार्यालयलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रममा नगर प्रमुख राई, उपप्रमुख वास्तोला, वडा नम्बर २ का अध्यक्ष याम गुरागाई, स्थानीय मोहन तुम्वापोले युएनएचसीआरको सहयोगप्रति आभार व्यक्त गरेका छन् । आम्दा नेपालका प्रमुख सुमन नेपालले सन् २०१३ देखि शरणार्थी प्रभावित क्षेत्रमा युएनएचसीआर र आम्दा सहितले सहयोग पुर्याउँदै आएको बताउँदै अव १ सय केभीएको टन्सफर्मर र डिजिटल एक्सरे मेसिन समेत नगर अस्पताललाई प्रदान गरिने जनाए ।

सम्बन्धित खवर