कमलमा अभिमुखिकरण कार्यक्रम - Sainokhabar

कमलमा अभिमुखिकरण कार्यक्रम

साइनो समाचारदाता

दमक । झापाको कमल गाउँपालिका वडा नं. ४ मा सुर्तिजन्य पदार्थबाट उत्पन्न हुने असरबारे सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जलधारा सामुदायिक सेवा केन्द्रको आयोजनामा र नेपाल स्वास्थ्य तथा जनसडंख्या मन्त्रालयको सहकार्यमा आयोजित एक दिने जनचेतना मूलक कार्यक्रम गरिएको होे ।

सुर्तिजन्य पदार्थको सेवन गर्नेको संख्या दिन दिनै बढ्दै गरेको समयमा यसबाट उत्पन्न हुने असरबारे चर्चा गरिएको हो । युवा पुस्तालाई सुर्तिजन्य पदार्थको असरबारे सचेत गराई सुर्तिजन्य पदार्थको प्रयोगबाट टाढा राख्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रम जलाधार सामुदायिक स्वास्थ्य केन्द्रका सदस्य सुवास लिङदेनको अध्यक्षतामा तथा कमल गाउँपालिका वडा नं. ४ का वडा सदस्य चतुर्भुज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने सेवा केन्द्रका कोषाध्यक्ष गुमानसिंह लिङदेनले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: