पूर्ब स्थानीय बिकास मन्त्री शेर्माको निधन - Sainokhabar

पूर्ब स्थानीय बिकास मन्त्री शेर्माको निधन

साइनो समाचारदाता

काठमाडौं । पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको बुधबार दिउसो ४ वजे निधन भएको छ । काठमाडौंको निदान अस्पतालनमा उपचारको क्रममा शेर्माको निधन भएको हो । बाबू राम प्रसाद शेर्मा र आमा मोतिहाङ्मा आङ्देम्बे शेर्माको कोखबाट वि.सं. २००० साल असोज १२ गते पाँचथरको मिल्लाजुङ गाउँपालिका २ सराङडाँडा निगालेमा जन्मिएका शेर्माको दुईओटै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि विरामी थिए । शेर्माका दुई श्रीमतीमध्ये कान्छी जनिमाया मगरको साथमा उनी काठमाडौं बस्दै आएका थिए । उनका दुई छोरा र पाँच छोरी छन ।

तस्तीरः फाइल तस्वीर

पुर्व राष्ट्रिय सभा सदस्य समेत भएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए । जिल्लाको पुरानो नेताका रुपमा चिनिएका शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए। नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए । २०५७ सालमा भएको १० औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनले शेर्मालाई सभापतिमा चयन गरेको थियो। कांग्रेसको १० औँ र ११ औँ महाधिबेशनबाट शेर्मा दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भए ।

सम्बन्धित खवर