प्राइमद्धारा १४ लाख प्रदान - Sainokhabar

प्राइमद्धारा १४ लाख प्रदान

साइनो समाचारदाता

पाँचथर । जिल्लाको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिदिम शाखाले मृत्यु दाबी भुक्तानी बापतको रकम १४ लाख रकम प्रदान गरेको छ । फिदिम ३ का जगतबहादुर राईलाई रकम प्राइमले हस्तान्तरण गरेको हो ।

जगत बहादुर राइको छोरा बिबेक राईको दक्षिण कोरियामा गत पुस २९ गते मृत्यु भएको थियो । विवेकले इच्छाएको ब्यक्ति बुबा जगतबहादुरलाई मृत्यु दाबी भुक्तानी बापतको रकम बिमितको निजि निवासमा एक कार्यक्रमका साथ बुधबार वितरण गरिएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा पाँचथरका शाखा प्रबन्धक दिनेश श्रेष्ठद्वारा बितरण गरेका हुन् । मृतकले २ बर्ष अगाडि नगद दश लाखको म्यादी जीवन बिमा गरेका थिए । सो बापत् जम्मा प्रीमियम नगद ५ हजार बुझाएका थिए ।

सम्बन्धित खवर