थुनुवा संग रकम असुल्दै प्रहरी - Sainokhabar

थुनुवा संग रकम असुल्दै प्रहरी

साइनो समचारदाता पथरी/ मोरङको पथरी शनिश्चरेको इलाका प्रहरी कार्यलयले थुनुवाबाट पैसा असुल्ने गरेको रहस्य खुलेको छ । फागुन ११ घरायसी झगडामा थुनामा परेका जोग बहादुर राईलाई १२ गते मिलापत्र गर्दा ५ हजार लिएको राईले बताएका छन ।

पथरीशनिश्चरे ३ का जोग बहादुर राईलाई प्रहरीले मापसे गरेर झगाडा गरेको भन्दै एक रात थुनेको र कार्यलयको चैरी सफागर्न लगाएको राईले बताए । मिलापत्र गर्दा एक बिना बर्दिका प्रहरीले पहिलो चोटी पर्दा ५ हजार देखि १० हजार सम्म तिर्नु पर्छ अको पटक पर्दैन भन्दै ५ हजार लिएको बताए । अको पटक तिर्नु नपर्ने भन्दै मागे पछि डरले अर्कै संग पैसा मागेर दिएको राईको भनाई छ ।
उक्त विषयमा इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीलाई बुझदा प्रहरीबाट त्यस्तो भएको रहेछ भने उक्त प्रहरीलाई निलम्बन गर्ने बताए ।

सम्बन्धित खवर

%d bloggers like this: