सकियो संगीतिक ‘कविता तङ्सिङ–२’ - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

सकियो संगीतिक ‘कविता तङ्सिङ–२’

साइनो समाचारदाता

दमक । झापाको दमक स्थित उद्योग बाणिज्य संघको हलमा ‘शनिबार कविता तङ्सिङ–२’ सम्पन्न भएको छ । तङ्सिङमा ३५ जना कविहरुले रचना बाचन गरेका छन् । कुमार लिङदेन, धर्मेन्द्र विक्रम नेम्बाङ, टंक सेलिङ, सेसेमी से नाल्बो, सेसेहाङ फियाक,कल्पना लिङदेन, राजकुमार तेयुङ तरेबा, राजकुमार सुब्बा, प्रदिप योङहाङ, आन्छुमे नसान, इक्साहाङ चेम्जोङ, सन्देश सुब्बा, सुनिल आङबोलगायते कविता सुनाए । जसमा १३ जना कविहरुले लिम्बु भाषामा र २२ जना कविहरुले नेपाली भाषामा कविता वाचन गर्ने बताइएको छ ।

‘याक्थुङ लेखक संघ जिल्ला तदर्थ समिति झापा’को आयोजनामा हुने ‘कविता तङ्सिङ–२’ प्रदेश १ का निवर्तमान प्रदेश प्रमुख गोविन्द तुम्वाहाङको प्रमुख आतिथ्यता भएको हो । प्रदेश १ का निवर्तमान प्रदेश प्रमुख डा.गोविन्द तुम्बाहाङले कविहरुको कल्पना शक्तिले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।तङसिङमा पूर्वमन्त्री श्रीप्रसाद जबेगु, वीर नेम्बाङ, खगेन्द्र माखिम, हाङयुग अज्ञात, कृष्ण बराल, प्रकाश थाम्सुहाङलगायतले सहित्यको चको चर्चा गरेका थिए । तङ्सिङ् अनुष्ठानमा जस्तै याग्राङसिङ (बाँसको लिङ्गो) राखेर गरिएको कविता तङ्सिङ्मा कलाकार यासेली योङहाङले येवा नाँच प्रस्तुत गरेका थिए । सोही अवसरमा कविता तङ्सिङ्२ मा वाचित कविताहरुको पुस्तकसमेत लोकार्पण गरिएको थियो ।

‘तङसिङ’ लिम्बू समुदायले गर्ने सबैभन्दा ठूलो साँस्कृतिक अनुष्ठान हो । तङ्सिङ्लाई कवितासँग जोडेर काव्यिक अनुष्ठानको रुपमा कार्यक्रम गरिएको हो । कवितामा स्थानीय एकाग्र व्यान्डले संगीत भरेका थियो । धर्मेन्द्र विक्रम नेम्बाङ, कुमार लिङदेन ‘मिराक,’ अभागी थेगुवा, सन्तोष थेबे, सन्देश सुब्बा, टंक सेलिङ, केजी सुब्बा, राजकुमार सुब्बा ‘अनिश्चित,’ उदय पन्धाक, कैलाश शिखर, सेलिङ केसी, सन्त थलङ, सुमन लिङदेन, गगन योक्पाङदेन, इक्साहाङ चेम्जोङ, पार्वता पोमु ‘जिज्ञासु,’ सुनिल आङ्बो, प्रदीप योङहाङ, युवीर चेम्जोङ, मञ्जु थेगिम, पुष्पहाङ लोवा, रानीटारे माइला, मुक्साम लाबुङ, साम्जीरी शेर्मा, निशा लोवा, रचना लाओती, आन्छुमे नशान, कल्पना लिङदेन, सेसेमी से नाल्बो र चुक्सा याप्मी र कविन तुम्बापोले कवितावाचन गरेका थिए । कविहरुले लिम्बूवानी इतिहास, कला र संस्कृतिमा आधारित कवितावाचन गरेका थिए ।

सम्बन्धित खवर