श्रमिक महिला दिवस मनाइयो - Sainokhabar

श्रमिक महिला दिवस मनाइयो

साइनो समाचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले संविधानमा महिलाका हक अधिकार लेखिएपनि सवैकुरा व्यवहारमा लागू हुन भनें समस्या भइरहेको बताएकी छिन् ।

११० औं अन्तरराष्ट्यि श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश, मोरङ जिल्ला र पथरीशनिश्चरे नगर समितिको संयुक्त आयोजनामा पथरीशनिश्चरेमा सम्पन्न कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । महिला अधिकार पूर्ण रुपमा लागू भएर सम्मानजनक अवस्था नहुनमा पुरुषको मात्र दोष नभई संस्कार र सोचको दोष रहेको जनाइन् । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव अग्नी पौडेलले महिला अधिकार व्यवहारमा लागू गर्नुपर्ने तथा सामुदायिक वनमाथि तेहेरो कर लगाउन नहुने विचार राखे । महासंघकी प्रदेश सचिवालय सदस्य रेणुका दहाल, मोरङ जिल्ला उपाध्यक्ष सुभद्रा भट्टराई, मिक्लाजुङकी सीता गजमेर, उर्लावारीका अमृतबहादुर वस्नेत, यानकुमारी दहाल, पथरीशनिश्चरेका काबुलबहादुर मगर सहितले मन्तव्य तथा हेमकला ओझा र बालकृष्ण अधिकारी सहितले कविता वाचन गरेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: