साइनो समाचारदाता
पाँचथर । संघीय लिम्बुवान मञ्च,नेपाल फालेलुङ गाउँपालिकाको दोश्रो अधिबेशनले कुमार केरुङको अध्यक्षतामा १७ सदस्य समिति निर्वाचित गरेको छ ।
उपाध्यक्षमा धनबहादुर केरुङ,उपाध्यक्षमा पुर्ण चोङ्बाङ,सचिवमा कुमार यवा मौसम, सहसचिवमा सागर केरुङ,अर्थसचिवमा गगन जबेगु रहेका छन । भने सदस्यहरुमा प्रेम आङ्बो, प्रबिन खजुम, मनु केरुङ, सोभा सुहाङ, बिगत जबेगु, योगेस अङ्थुपो, गुमानसिङ साम्बा, सुजन मादेन, आइन्द्र केरुङ,अर्जुन केरुङ, नैन केरुङ रहेका छन । फालेलुङ गाउँपालिका वडा नं ३ मत्छेबुङमा सम्पन्न अधिबेशनमा जिल्ला अध्यक्ष सागर केरुङ,सदस्यत्रय प्रकाश केरुङ,तिलबहादुर केरुङ,रामचन्द्र नेम्बाङ लगायतले सभालाई सम्बोधन गरेका थिए ।