थपियो कांग्रेसमा ११ जना केन्द्रीय सदस्य - Sainokhabar

थपियो कांग्रेसमा ११ जना केन्द्रीय सदस्य

साइनो समाचारदाता

काठमाडौं । नेपाली कांग्रेसले ११ जनालाई केन्द्रीय सदस्यमा मनोतीत गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम नेपाली कांग्रेसले मनोनीत गरेको हो । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएकाहरूलाई समेटेर कांग्रसले केन्द्रीय सदस्यमा मनोतीत गरेको हो । शुक्रबार सभापति शेरबहादुर देउवाले ‘तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जनालाई कांग्रेस केन्द्रीय समितिको सदस्यमा समायोजन गर्ने निर्णय अनुसार गरेका हुन् । तत्कालिन फोरमलाई ११ केन्द्रीय सदस्य दिने निर्णय भएको पाँच महिनापछि सभापति देउवाले आज केन्द्रीय सदस्य बनाएका हुन् ।

कैलालीका रामजनम चौधरी, सिराहाका नसिर सिद्धिकी, झापाका भारतेन्दुकुमार मल्लीक, सप्तरीका हेमराज तातेड, बर्दियाका गोपाल दहित, बर्दियाकै मंगलप्रसाद थारु, दाङका योगेन्द्र चौधरी, मोरङका हरिप्रसाद न्यौपाने, सुनसरीकी सुमित्रा थरुनी, सुनसरीकै कल्पना चौधरी र मोरङका पवनकुमार सारडा केन्द्रीय सदस्य भएका हुन्।

सम्बन्धित खवर

%d bloggers like this: