भोलि दमकमा ‘कविता तङ्सिङ–२’ - Sainokhabar

भोलि दमकमा ‘कविता तङ्सिङ–२’

साइनो समाचारदाता

दमक । झापाको दमकमा हुन गइरहेको ‘कविता तङ्सिङ–२’ मा ३५ जना कविहरुले रचना बाचन गर्दैछन् । कुमार लिङदेन, धर्मेन्द्र विक्रम नेम्बाङ, टंक सेलिङ, सेसेमी से नाल्बो, सेसेहाङ फियाक,कल्पना लिङदेन, राजकुमार तेयुङ तरेबा, राजकुमार सुब्बा, प्रदिप योङहाङ, आन्छुमे नसान, सागर केरुङ, इक्साहाङ चेम्जोङ, सन्देश सुब्बा, सुनिल आङबोलगायतले कविता वाचन गर्दैछन् ।

भोलि ११ वजेदेखि‘याक्थुङ लेखक संघ जिल्ला तदर्थ समिति झापा’को आयोजनामा ‘कविता तङ्सिङ–२’ हुदैछ । प्रदेश १ का निवर्तमान प्रदेश प्रमुख गोविन्द तुम्वाहाङको प्रमुख आतिथ्यता हुने कार्यक्रममा १३ जना कविहरुले लिम्बु भाषा र २२ जना कविहरुले नेपाली भाषामा कविता वाचन गर्ने आयोजकले जनाएको छ । ‘याक्थुङ लेखक संघ जिल्ला तदर्थ समिति झापाका अध्यक्ष मौलश्री लिम्बुले पहिलो कविता तङ्सिङमा नेपाली भाषामा मात्रै कविता वाचन भएको भनि जनगुनासो आउपछि दुवै भाषामा कविता वाचन गर्न लागिएको बताए । लिम्बु भाषामा लेखिरहेका कवि र नेपाली भाषामा लेखिरहेका कविहरुले एकअर्कालाई नस्विकार्ने अवस्था सिर्जना हुँदै जानु सोचनीय रहेको बताउँदै २४ गते बेलुका उक्त विषयमाथि वहस हुने पनि आयोजक बताएको छ । स्थानीय एकाग्र व्यान्डको साथमा कविहरुको कविता सुन्न सकिनेछ ।

 

सम्बन्धित खवर

%d bloggers like this: