बधशाला निर्माण हुदै - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

बधशाला निर्माण हुदै

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरेको प्रमुख वजार पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माण सुरु भएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा गोसलाइन क्षेत्रमा वधशाला निर्माण कार्य सुरु भएको हो ।


प्रदेश सरकारको बढीमा ५० लाख तथा अन्य नगरपालिका कार्यालयको गरी ७५ लाख १४ हजार ४ सय ५१ रुपैयाँको स्टिमेट रहेकोमा ५० लाख ९३ हजार ५ सय ७९ रुपैयाँमा ठेक्का लागेको छ । मादी आरकेडा कन्ट्क्सन इटहरीले ०७७ जेठ ३० गतेसम्ममा सम्पन्न गर्न ठेक्काको सम्झौता भएको छ । बधशालामा दैनिक ठूला पशु ५ वटा र साना १२ वटासम्म वध गर्न मिल्ने स्थल वन्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए । त्यहाँ बधगर्ने र प्रसोधन गरिने छ ।

सम्बन्धित खवर