भूपू सैनिकले मनायो २२ औँ वार्षिकोत्सव - Sainokhabar

भूपू सैनिकले मनायो २२ औँ वार्षिकोत्सव

साइनो समचारदाता पथरी/ मोरङको पथरी शनिश्चरेमा रहेको एक मात्र गुठि बिध्यालय भूपू सैनिक अंग्रेजी स्कुलले आफ्नो २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश भव्यताका साथ मनाएको छ । मन्टेस्वरी भवन उद्घाटन, समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र उत्कृष्ट विध्यार्थी सम्मानका साथ सांस्कृतिक कार्यक्रम गरी वार्षिककोत्सव भव्य रुपमा मनाएको हो ।


२२ औं वार्षिकोत्सवको अवसरमा १२ लाखको लागतमा निर्माण भएको मन्टेस्वरी भवनको उद्धघाटन प्रमुख अतिथि १ नम्बर प्रदेश सांसद सुयर्माराज राईले उद्घाटन गर्नुभयो । भूपू सैनिक अंग्रेजी स्कुल नगरकै एक मात्र सार्वजनिक गुठी संस्थानको रुपमा चल्दै आएको विद्यालय हो ।
विध्यालयले पथरी शनिश्चरे नगरको पहिचान गराउने समाजका विशिष्ट ब्याक्ती हिन्दू धर्मको पहिलो महिला महामण्लेश्वर हेमानन्द गिरी, शैक्षिक अभियन्ता प्रदिपकुमार राई, कलापेन्टर सरोजा खड्गीलाई स्कुलले सम्मान गरेको थियो । स्कुलका गुठियारहरू रुद्रबहादुर गुरुङ, प्रेम चोम्वाङ, प्रेमकुमार गुरुङलाई पनि सम्मान गरिएको छ । यसैगरी असल अभिभावक तारा लावती, रमेश कोइराला, गोपाल नेपाल र शुभचन्द्र राई असल शिक्षकको रुपमा भवानी तिम्सिना र शान्ती मगरलाई सम्मान गरेको छ ।
कुलबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश १ का सांसद सुयर्माराज राई, संविधानसभा सदस्य चण्डिप्रसाद राई, प्रदेश सांसद कृष्ण कुमारी राई, नगर प्रमुख दिलिपकुमार राई, हेमानन्द गिरी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा विधार्थीहरुले सास्कृतीक कार्यक्रममका साथ गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । विद्यालयको गत शैक्षिक सत्रमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।
भिडियो एफ टिभी सुनसरीको पथरीमा भु पु स्कुल हो ।

सम्बन्धित खवर