डस्टबिन बाढ्दै सामाजिक रुपान्तरण समाज - Sainokhabar

डस्टबिन बाढ्दै सामाजिक रुपान्तरण समाज

साइनो समचारदाता पथरी/ वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजले मोरङको पथरीशनिश्चरेका बिधार्थीहरुलाई एकै स्थानमा भेला गरी सामुदायीक माध्यमिक विद्यालय पुर्ण सरसफाई सम्मबन्धी अन्तरकृया सम्पन्न गरेको छ । पथरीशनिश्चरे नगरको प्राविधीक सहयोगमा माध्यमिक विधालयका विध्यार्थीहरुलाई पुर्ण सरसफाईको विषयमा इला यादवले सहजिकरण गर्नु भएको थियो ।


पथरीशनिश्चरे नगरपालिका भित्रका १ दर्जन स्कुलका करिव १५० विध्यार्थीहरुलाई वातावरण, वायु र जल प्रदुशण हुदा पर्ने असर न्यूनिकरणका उपाया र मानव जिवनमा यसको महत्वका विषयमा सहजिकरण गरेको छ ।
कार्यक्रमममा उपस्थीत विध्यार्थीहरुलाई कुहिने सामान र नकुहिने सामानका विषयमा जानकारी गराउदै प्रत्येक स्कुललाई ८÷८ ओटाका दरले डस्टबिन बितरण गरेको थियो ।
कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राईले वातावरण प्रदुशणले मानव जिवनमा पुर्याएको असरबाट बच्न स्कुल तहबाटै सुरुगर्नु पर्ने भन्दै वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजले गरेको सचेतना कार्यको प्रसंसा गर्नु भयो ।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष जय बहादुर तामाङले प्रदुशणका विषयमा सबै जनता सचेतहुन अनुरोध गर्दै प्रशिक्षार्थी विध्यार्थीहरुले सिकेका कुरा जिवनमा लागु गरे प्रदुशण नहुने र बच्न सकिने बताउनु भयो ।
वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजले मोरङका भिभिन्न स्थानमा प्रदुशणले वातावरणमा पुराएको असरका विसयमा जनचेतना जगाउद आएको सस्थाका अध्यक्ष होम नाथ पोख्रेलले जानकारी गराउनु भयो ।

सम्बन्धित खवर