पञ्चायतमा बृहत् विज्ञान प्रदर्शनी (फाेटाे फिचर) - Sainokhabar
  • बुधबार, कार्तिक १२, २०७७

पञ्चायतमा बृहत् विज्ञान प्रदर्शनी (फाेटाे फिचर)

साइनो समाचारदाता पथरी/ मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको आयोजनामा भएको बृहत विज्ञान प्रर्दशनी बुधबारदेखि सुरु भएको छ । आगामी फागुन २३ गते सम्म चल्ने प्रदर्शनीको प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले उदघाटन गरेका छन् ।विद्यालयले आफ्नो ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विज्ञान प्रदर्शनी भएको हो ।

३ दिने बृहत विज्ञान प्रदर्शनीमा ५० वटा स्टलहरु रहेकाे छ । जसमा आकर्षणका रुपमा आफैले बनाएका भुत घर, राेवट र ड्राेन रहेकाे छ । त्यसका अलवा विध्यार्थीले अटो स्ट्रिभ लाईट, स्मार्ट डस्टविन, अव्सट्यागल अभोडिङ रोवट, रेन अर्लट स्सिटम, स्र्माट फोन कन्टोल रोवट, स्र्माट चेयर, लन्डन ब्रिज, पञ्चायत माविको मोडल, हाईर्डोफोनिक्स, वोटानिकल गार्डेन, ग्रिन हाउस लगाएत वडा नम्वर १ को मोडल बनाएर प्रदर्शनीमा राखिएकाे छ । विज्ञान प्रर्दशनीमा विद्यालयका लागि ३६ वटा प्रदर्शनी स्टल र बाह्य सहभागी सस्थाका लागि १५ वटा स्टल रहेको जनाइएको छ । कार्यक्रममा विद्यालयको तर्फबाट प्रधानाध्यापक अजर्जनकुमार बुढाथाेकीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । शिक्षाकाे अलवा प्रदर्शनीमा निःशुल्क स्वास्थ्य परीक्षण, अर्ज्ञानिक सब्जी प्रदर्शनी, शिक्षक सम्मान तथा विदाई, पुर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल व्याग, पोशाक र स्टेसनरी वितरण, विविध सास्कृतिक कनर्यक्रम रहेकाे छ ।

सम्बन्धित खवर