बृहत् विज्ञान प्रदर्शनी सुरु - Sainokhabar

बृहत् विज्ञान प्रदर्शनी सुरु

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको आयोजनामा भएको बृहत विज्ञान प्रर्दशनी बुधबारदेखि सुरु भएको छ । आगामी फागुन २३ गते सम्म चल्ने प्रदर्शनीको प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले उदघाटन गरेका छन् ।

विद्यालयले आफ्नो ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा प्रदर्शनी भएको हो । ३ दिने बृहत विज्ञान प्रदर्शनीमा ४६ वटा स्टलहरु रहेने विद्यालयले जनाएको छ । जसमा अटो स्ट्रिभ लाईट, स्मार्ट डस्टविन, अव्सट्यागल अभोडिङ रोवट, रेन अर्लट स्सिटम, स्र्माट फोन कन्टोल रोवट, स्र्माट चेयर, लन्डन ब्रिज, पञ्चायत माविको मोडल, हाईर्डोफोनिक्स, वोटानिकल गार्डेन, ग्रिन हाउस लगाएत वडा नम्वर १ को मोडल को प्रदर्शनी गरिएकोे विद्यायलयका विज्ञान संकाय प्रमुख बुद्धिनाथ अधिकारीले बताए । विज्ञान प्रर्दशनीमा विद्यालयका लागि ३६ वटा प्रदर्शनी स्टल र बाह्य सहभागी सस्थाका लागि १० वटा स्टल रहेको जनाइएको छ । विद्यालयको वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम प्रस्तुत, निःशुल्क स्वास्थ्य परीक्षण, शिक्षक सम्मान तथा विदाई, पुर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल व्याग, पोशाक र स्टेसनरी वितरण, विविध सास्कृतिकलगातको कार्यक्रम तय गरिएको छ ।

 

सम्बन्धित खवर