पत्रकार संघको महाधिबेशनमा अर्थ मन्त्री आङ्बोले सम्बोधन गर्ने - Sainokhabar
  • बिहिबार, कार्तिक ०६, २०७७

पत्रकार संघको महाधिबेशनमा अर्थ मन्त्री आङ्बोले सम्बोधन गर्ने

साइनो समाचारदाता

पथरी । ‘राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मथलो चुक्चिनाम्बा जाऔं, लिम्बू पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशन सफल पारौं’ भन्ने नाराका साथ सम्पन्न हुने महाधिबेशनमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले सम्बोधन गर्ने भएको छ ।

फागुन २८, २९ र ३० गते हुने लिम्बु पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा आङ्बो चुक्चीनाम्बा आउने भएका हुन् । इलामको माङसेबुङ गाउँपालिका २ चुक्चीनाम्बा हुने महाधिबेशनको तयारी तीब्र पारिएको लिम्बू पत्रकार संघका अध्यक्ष देवेन्द्र खापुङले जानकारी दिए । महाधिवेशनमा अरुण पूर्व लिम्बुवानका ९ जिल्ला शाखा, उपत्याका शाखा र विदेश शाखाबाट १ सय ५० बढी लिम्बू पत्रकारहरुको सहभागिता रहनेछ । महाधिवेशनले संघको आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्बन्धित खवर