आजदेखि पञ्चायतमा बृहत् विज्ञान प्रदर्शनी, सामाजिक विकास मन्त्री घिमिरेले उदघाटन गर्दै - Sainokhabar

आजदेखि पञ्चायतमा बृहत् विज्ञान प्रदर्शनी, सामाजिक विकास मन्त्री घिमिरेले उदघाटन गर्दै

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले आजदेखि बृहत विज्ञान प्रदर्शनी गर्दैछ । फागुन २३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा भूतघरसहित ३६ वटा स्टल हेर्न सकिनेछ । प्रदर्शनीको उदघाटन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले गर्दैछन् ।

विकास मन्त्री जिवन घिमिरे  ।

अटो स्ट्रिभ लाईट, स्मार्ट डस्टविन, अव्सट्यागल अभोडिङ रोवट, रेन अर्लट स्सिटम, स्र्माट फोन कन्टोल रोवट, स्र्माट चेयर, लन्डन ब्रिज, पञ्चायत माविको मोडल, हाईर्डोफोनिक्स, वोटानिकल गार्डेन, ग्रिन हाउस लगाएत वडा नम्वर १ को मोडल को प्रदर्शनी गरिने भएको विद्यायलयका विज्ञान संकाय प्रमुख बुद्धिनाथ अधिकारीले बताए । अधिकारीका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले घरयासी सामानको प्रयोग गरेर जहाज, डो«न र रोवट लगायतको समाग्री प्रर्दन गरिदैछ । विज्ञान प्रर्दशनीमा विद्यालयका लागि ३६ वटा प्रदर्शनी स्टल र बाह्य सहभागी सस्थाका लागि १० वटा स्टल रहने जनाइएको छ । विद्यालयले आफ्नो ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर ३ दिने बृहत विज्ञान प्रर्दशनी हुदैछ । २०३६ सालमा स्थापना भएको विद्यालय प्रदेश नम्वर १ कै विज्ञान संकायमा नमुना विद्यालयको रुपमा आफुलाई उभ्याउन सफल भएको र हाल विद्यालयमा विज्ञान संकायमा ५सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले जानकारी दिए । बुढाथोकीले ३ दिने बृहत विज्ञान प्रर्दशनीको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम प्रस्तुत, निःशुल्क स्वास्थ्य परीक्षण, शिक्षक सम्मान तथा विदाई, पूर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल व्याग, पोशाक र स्टेसनरी वितरण, विविध सास्कृतिक कार्यक्रम लगायत रहेको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर