जग्गा विक्री विरुद्ध प्रदेश सरकार अदालत जाने:मुख्यमन्त्री राउत - Sainokhabar

जग्गा विक्री विरुद्ध प्रदेश सरकार अदालत जाने:मुख्यमन्त्री राउत

साइनो समाचारदाता

जनकपुरधाम । संघीय सरकारले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने गरेको निर्णय विरुद्ध प्रदेश सरकार अदालत जाने तयारी गरेको छ । केही दिन अघि मात्र संघीय सरकार विरगंज चिनि मिलको ६ विग्घा जग्गा विक्री गर्ने निर्णय गरेको थियो ।

मंगलबार जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने संघ सरकारको निर्णय विरुद्ध प्रदेश सरकार अदालतमा मुद्दा दिन लागेको बताएका छन् । बन्द अवस्थामा रहेको चिनि मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो विक्री गर्ने निर्णय गरेर प्रदेश सरकारको अधिकार क्षेत्र भित्र हस्तक्षेप गरेकाले त्यस विरुद्ध आफुहरु अदालत जान लागेको उनको भनाई थियो । संघीय सरकार पटक पटक प्रदेशको क्षेत्राधिकार भित्र हस्तक्षेप गर्दै संघीयताको मर्मलाई समाप्त गर्ने खेल गरि रहेको आरोप समेत लगाए ।

 

सम्बन्धित खवर

%d bloggers like this: