नगरमा ८० प्रतिशत रुबेला दादुरा रुबेला खोप लगाइयो - Sainokhabar

नगरमा ८० प्रतिशत रुबेला दादुरा रुबेला खोप लगाइयो

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरमा दादुरा रुबेलाको खोप र पोलियो थोपा ८० प्रतिशत बालबालिकालाई खुवाइको छ ।

१ साता सञ्चालन भएको कार्यक्रममा सोमबार मात्रै ९ महिनादेखि ५ वर्षसम्मका ५ हजार ८ सय ३९ बालबालिकाले दादुरा रुबेलाको खोप लगाएका छन् । एकैसाथ जारी अभियानमा जन्मेदेखि ५ वर्षसम्मका ६ हजार ७ सय ४२ बालबालिकाले पोलियो थोपा खाएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । अभियान गत फागुन ७ देखि १६ सम्म सञ्चालित थियो । नगरपालिकाले ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउन बनाएको लक्ष्य पुरा गरेको छ । खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने ३८ वटा विद्यालयहरुलाई केन्द्र बनाएर कार्यक्रम अघि बढाइएको छ । खोप लगाएपछि बालबालिकालाई खोप कार्ड समेत प्रदान गरिएको छ । यसअघि मुख्यगरी खोप अभियानलाई प्रभावकारी बनाउन वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार सहितसँगको अभिमुखिकरण कार्यक्रममा राखिएको थियो । ३ वर्ष अघि पूर्ण खोप सुनिश्चितताको मापदण्ड पुरा गरेको नगरमा एकैसाथ दादुरा रुबेलाको खोप र पोलियोको समेत औषधि खुवाइने कार्यक्रम तय भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: