पथरी शनिश्चरे नगरपालिकाको खर्च साँढे सात महिनामा २१ प्रतिशत मात्रै - Sainokhabar

पथरी शनिश्चरे नगरपालिकाको खर्च साँढे सात महिनामा २१ प्रतिशत मात्रै

साइनो समाचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले चालु आर्थिक वर्षको साँढे सात महिनामा २१.८१ प्रतिशन मात्रै खर्च गरेको छ । फागुन १६ गते भएको छैठौं नगरसभाको उद्घाटन सत्रमाआर्थिक विवरण पेश गर्दै प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमलाले नगरले सो खर्च गरेको जनाएको हो ।

कुल पुँजीगत बजेट ३४ करोड ८० लाख ८० हजार ९ सय ४५ विनियोजन भएकोमा हालसम्म ७ करोड ५९ लाख १२ हजार ४ सय ५१ खर्च भएको उनले थाहा दिएका छन् । पाँचौ नगरसभाबाट वडा तथा विषयगत शाखा बाहेक वडाको सिलिङ बजेटबाट छनोट भएका ३ सय ७७ वटा र नगरपालिकामा रहेको वजेटबाट छनोट भएका ८९ गरी ४ सय ६६ वटा योजना कार्यक्रम कार्यान्वयन गर्न स्वीकृत भएकोमा नगरमा विनियोजित बजेटबाट स्वीकृत भएका ३८ वटा योजनाहरु कार्यान्वयनको अवस्थामा रहेको छ । १ सय ६२ वटा योजनाहरु सफ्टवेयरमा प्रविष्ट रहेको र थप योजना कार्यान्वयन गर्न सुरु भएको बताउँदै उनले वडा कार्यालयहरुबाट सफ्टवेयरमा प्रविष्ट गर्न बाँकी रहेको बताए ।

दुई दिन सम्म चलेको नगर सभा १८ वुँदे निर्णय पारित गर्दै सकिएको छ । मोरङको पथरीशनिश्चरेको छैठौं नगरसभा आज सम्पन्न भएको छ ।

हिँउदे अधिवेशनका रुपमा रहेको नगरसभाको वन्दशत्रले पर्यटन भ्रमण वर्षको अवसरमा नयाँ वर्षमा बृहत कार्यक्रम गर्ने सहितका निर्णय पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी गराए ।
सहकारी विधेयक र वातावरण तथा प्राकृतिक संरक्षण विधेयक पारित गर्नुका साथै वैदेशिक दातृ निकायसँग आर्थिक तथा प्राविधि सहायता लिने र भगिनी सम्वन्ध स्थापित गर्न पहल गर्ने पनि निर्णय भएको उनले बताए । नगरको अव्यवस्थित सहितको बसोवासको उचित समाधानका लागि प्रदेश सरकारले समेत पहल गरिदिन अनुरोध गर्ने, हसन्दहमा र वडा नम्वर ६ र ८ को सिमानाबाट कानेपोखरी ४ जोडने डाँसखोलाको झोलुंगे पुल क्षेत्र नजिकमा प्रहरी चौकी स्थापना गर्न सम्वन्धित मन्त्रालयमा माग गर्ने, रासायनिक वस्तु विस्थापित गरी अर्गानिक नगर बनाउने, वडा नम्वर १० को जिरिखिम्ती खण्डको पूर्वपश्चिम मुख्य सडक र त्यहाँको जग्गाको नक्सा मिलाउन सर्पट नापी गर्ने पनि निर्णय भएको छ । चालु आर्थिक वर्षमा ठेक्काबाट बचेको १ करोड ५१ लाख १३ हजार ३ सय ३९, बुद्धमार्ग कालोपत्रेका लागि ठेक्काबाट बचेको ५० लाख तथा पाचौं नगरसभाबाट स्वीकृत भई निकासा थपघटका लागि विनियोजित रकमबाट व्यवस्थापन गर्नेगरी कुल ३ करोड ६३ लाख ४२ हजार ८२ रुपैयाँ वच्न पुगेको जानकारी गराइएको छ । सो रकमबाट ५४ वटा योजना बनाइएको छ ।

विषयगत क्षेत्रलाई स्वीकृत गरेको रकमको शिर्षकगत योजना कार्यक्रम अन्तर्गत १ करोड २३ लाख १० हजार बजेटको योजना संसोधित गरिएको छ । तथा वडा समितिबाट पेश भएका २६ योजना पनि नगरसभाले संसोधित गरेको छ । चालु आर्थिक वर्षको अवको अवधिमा ठेक्का प्रक्रियाबाट रकम वचत हुँदाको खण्डमा ७ वटा योजना सञ्चालन गर्ने समेत तय गरिएको छ । नगरसभाले, डीएसपीको दरवन्दी रहेको इलाका प्रहरी कार्यालय पथरीको भवनको व्यवस्थापन, वडा नम्वर ६ र कानेपोखरी ४ जोड्न डाँसखोलामा पक्की पुल, १० नम्वरको त्रिवेणी चोकबाट जिरिखिम्तिी जोड्न डाँस खोलामै पक्कीपुल, ५ नम्वरको पौडेल चोकबाट मौलीबारी जोड्ने बक्राहा खोलामा पक्कीपुल, पथरी खोला तटवन्ध सहितका २२ वटा योजना मन्त्रालय तथा सम्वन्धित निकायमा पेश गर्ने पनि निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संसोधित योजना सहितका कार्यक्रमहरु पेश गरेकी थिइन् ।

सम्बन्धित खवर

%d bloggers like this: