नेपाल शिक्षक संघको बधाई तथा बिधाई - Sainokhabar

नेपाल शिक्षक संघको बधाई तथा बिधाई

सइनो समचारदाता पथरी/ नेपाल शिक्षक संघ पथरी शनिश्चरेको स्थानीय प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ । पञ्चायत मावि पथरी शनिश्चरे १ मोरङको हलमा शिक्षक सम्मान, बधाई र वक्तित्वकला लगाएतका कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा निवृत्ति भरण पाएर जाने शिक्षकहरुलाई सम्मान पत्र र खदाले सम्मान सहित विदाइ गर्नुका साथै नव आगन्तुक स्थाइ शिक्षकहरुलाई पनि स्वागत गरेको थियो ।
कार्यक्रममा नगरका १० वटा माविबाट सहभागी विद्यार्थीहरु बिचमा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरियो । ‘‘विद्यार्थी जिवनमा अनुशासनको महत्व’’ शीर्षमा भएको प्रतियोगितामा सिहंबाहिनी माविका छात्र अभिशेक दंगाल प्रथम, अमरसिंह माविकी छात्रा कीरण पास्वान द्धितीय र जनता माविका छात्र मञ्जिल रिजाल तृतीय भए । उनिहरुले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल शिक्षक संघका पूर्व केन्द्रिय अध्यक्ष केशव निरौलाले नव आगन्तुक शिक्षकहरुलाई स्वागत गर्दै आगामी दिनमा कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । निवृत्ति भरण प्राप्त गरेर बिदाइ हुने शिक्षकहरुको आगामी दिनमा अझै सामाजिक क्षेत्रमा उत्तरदायी बनेर लाग्नुपर्ने निरौलाले बताउनुभयो । वर्षौँ देखिको अनुभवलाई समाजसेवामा लगाएर रिटायर्ड जिवनलाई अझै रमाइलो बनाएर व्यतित गर्न निरौलाले शुभकामना दिनुभयो ।
कार्यक्रम नेपाल शिक्षक संघ पथरी शनिश्चरेका अध्यक्ष भरत बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

%d bloggers like this: