तेजाब छ्याप्ने केशरीलाई ८ वर्ष जेल, १ करोड - Sainokhabar

तेजाब छ्याप्ने केशरीलाई ८ वर्ष जेल, १ करोड

साइनो समाचारदाता

हेटौडा । बाग्मती प्रदेशको मुकाम हेटौँडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैद सजायको फैसला भएको छ ।

चार महिनापछि जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दाअन्तर्गत केशरीलाई ८ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । मतियारको रूपमा रहेको सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवानाको फैलसा गरेको छ । केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश गरेको तहसिलदार तुल्सी लामिछानेले जानकारी दिए । कात्तिक १४ गते पक्राउ गरिएका केशरीलाई कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो। त्यसको १० दिनपछि अर्का अभियुक्त मण्डललाई पनि प्रहरीले पक्राउ गरेको थियो । भारतीय नागरिक भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का केशरीले कंसाकारलाई २०७० साल बैशाख ९ गते कंसाकारको पसलमा गएर एसिड प्रहार गरी फरार भएका थिए । एसिड प्रहार गरेपछि भाग्न सहयोग गरेको अभियोगमा मण्डललाई पक्राउ गरिएको थियो ।

सम्बन्धित खवर