मिक्लाजुङमा सिरिजंगाको शालिक बन्दै, सांसद् लिम्बुद्वारा शिलान्यास - Sainokhabar
  • बुधबार, कार्तिक १२, २०७७

मिक्लाजुङमा सिरिजंगाको शालिक बन्दै, सांसद् लिम्बुद्वारा शिलान्यास

अर्जुन जम्नेली राई

मोरङ । पछिल्लो राजनीति परिवर्तनसँगै मोरङको मिक्लाजुङ(३, (साविक टाँडी) मा स्थानीय चौकका नाम परिवर्तन गरी सांस्कृतिक रुपान्तरण हुँदै गएको छ ।

बिहीबार मिक्लाहुङ(३ धोबेनी चौकमा किरात लिपिका प्रवर्तक सिरिजंगाहाङको मूर्ति राख्न शिलान्यास गरिएको छ । सिरिजंगा शालिक निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा मोरङ क्षेत्र नं १ (क) का प्रदेश सांसद कुलप्रसाद लिम्बुले शालिकको शिलान्यास गरे ।

धोनेनीमा करिब ६ फिट ५ इन्चको मूर्ति रहने निर्माण समितिको अध्यक्ष गणेश मिभक लिम्बुले बताए । सिरिजंगाको ढुंगाको मूर्ति स्थानीय कलाकार गायत्री राईले निर्माण गरिरहेकी छन् ।

कार्यक्रममा तेजबहादुर थलङ लिम्बुले सिरिजंगाहाङ साहित्य, लिपि र भाषामा ज्ञाता मात्र नभएर दार्श्निक समेत भएको बताए । किरात भाषा साहित्यको प्रचारप्रसार गर्ने क्रममा उनी देश निकाला भएका थिए ।

चेलाहरुसहित सिक्किम निर्वा्सित सिरिजंगालाई सन् १७४१ मा मारिएको थियो । ३७ बर्षको उमेरमा मारिएका उनको योगदानको नेपालमा प्रचार हुन थालेपछि नेपाल सरकारले २०४९ सालमा १ रुपैयाँको हुलाक टिकट छापेको थियो । सिरिजंगाको सम्मानमा धोबेनी राखिने मूर्तिको लागि करिब १० लाख खर्च हुने निर्माण समितिका अध्यक्ष गणेश मिभकले बताए ।

प्रदेश सांसद कुलप्रसाद लिम्बुले मूर्ति राख्ने योजनामा आफूले सहयोग गर्ने बताए । देश समावेशी समानुपातिक राज्यव्यबस्थामा गएको भन्दै उनले एकले अर्काको अस्तित्व स्वीकार्नुपर्ने बताए । शिलान्यास कार्यक्रममा तेजबहादुर थलङ लिम्बुले सिरिजंगाहाङ साहित्य, लिपि र भाषामा ज्ञाता मात्र नभएर दार्श्निक समेत भएको बताए ।

कार्यक्रममा कालिका माबिका प्रधानाध्यापक मातृकाप्रसाद न्यौपाने, किरात मोर्चाका केन्द्रीय सचिवालय सदस्य राम मगर, किरात याक्थुङ चुम्लुङ मोरङ जिल्ला अध्यक्ष विबेक लिम्बु, स्थानीय प्रेम मिभक, गणेश भट्टराई लगायतले शुभकामना दिएका थिए । मोर्चाको केन्द्रीय सचिवालय सदस्य मगरले किरात सभ्यताको जगमा पहिचानको नाम नभए कडा आन्दोलन हुने चेतावनी दिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन राई, किरात मोर्चाका सचिवालय सदस्य दिल्ली मिभक समेतका कार्यक्रममा थिए ।

साबिक टाँडीको धोबेनीको साथै हाल मिक्लाजोङ(३ मा आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाको पहलमा जलुकेनी चौकलाई केलाङ, असारे चौकलाई सुम्निमा, बसन्त चौकलाई पारुहाङ, सुन्दरी चौकलाई लखन थापा चोक बनाइएको चन्द्र लिम्बुले बताए । वडा नं ४ मा लिम्बु समुदायको सिलाकसक्मा निर्माण भइरहेको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पहिचानको कुरा उठिरहेको बेला पुरानो चौक बजारहरुको नाम स्थानीय युवाहरुको सक्रियतामा फेरिदै गएको हो ।
–सार्वजनिक डटकम

सम्बन्धित खवर