नेकपाका सांसदलाई ओखलढुंगामा झट्का, पुल उद्घाटन गर्न नदिइ स्थानीयले लखेटे - Sainokhabar

नेकपाका सांसदलाई ओखलढुंगामा झट्का, पुल उद्घाटन गर्न नदिइ स्थानीयले लखेटे

ओखलढुंगा र रामेछाप जिल्ला जोड्ने सिरिसेस्थित लिखु नदीको पुल बिहीबार उद्घाटन गर्न पुगेका नेकपाका सांसद सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएका हुन् । स्थानीयले पुल निर्माणका क्रममा अनियमितता भएको आरोप लगाएका छन् ।

सात करोडको लागतमा निर्माण भएको पुलको सांसद सुनुवारमार्फत ठेकेदार राम मैनालीले उद्घाटन गराएर भुक्तानी लिन खोजेको आरोप स्थानीयको छ । स्थानीयले पुल निर्माणमा अनियमितता गरेर कमसल खालको पुल बनाएको जनाएका छन् ।

नेकपाका नेता बालकृष्ण ढुङ्गेलसहितका स्थानीयले सांसद सुनुवारलाई पुल उद्घाटन गर्न नदिएर लखेटेको स्थानीयले बताएका छन् । पुल उद्घाटनमा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडा पनि गएनन् ।

सांसद सुनुवार आफू निकटका सीमित नेता तथा कार्यकर्ता र प्रदेश सांसद मोहन खड्कालाई साथमा लिएर सिरिसे पुगेका थिए ।

नेकपाका नेता ढुङ्गेल र कांग्रेसका युवा नेता खतिवडा लगायतको पहलमा निर्माण भएको पुललाई सांसद सुनुवारले आफूले जस लिन हतार–हतारमा उद्घाटन गरेर बधाइ लिन खोजेको आरोप स्थानीयको छ ।

पुल उद्घाटनको कार्यक्रममा रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले पनि बहिस्कार गरिदिएका छन् ।

ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षले समेत बहिस्कार गरेको उद्घाटनको कार्यक्रममा नेकपाकै नेता तथा कार्यकर्ताहरूले अबरोध गरेपछि सांसद सुनुवार जिल परेका छन् । –रिपब्लिका दैनिक

सम्बन्धित खवर

%d bloggers like this: