आज यातायात मन्त्री राष्ट्रिय चुम्लुङको सम्बोधन गर्न विर्तामोड आउँदै - Sainokhabar

आज यातायात मन्त्री राष्ट्रिय चुम्लुङको सम्बोधन गर्न विर्तामोड आउँदै

साइनो समाचारदाता

विर्तामोड । किरात याक्थुङ चुम्लुङ्गको २३ औं राष्ट्रिय चुम्लुङ झापाको विर्तामोडमा शुक्रबारदेखि सुरु हुदैछ । फागुन १७ गते भोलिसम्म चल्ने चुम्लुङको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले गर्दैछ ।

चुम्लुङ्म भाषिक, सांस्कृतिक तथा राजनीतिक अधिकारका बारेमा छलफल हुने जनाइएको छ । चुम्लुङ्मा चुम्लुङ्गका अध्यक्ष, महासचिव, कोषाध्यक्ष र विषयगत संगठनको प्रतिबेदनको साथै कार्यपत्र प्रस्तुत हुने राष्ट्रिय चुम्लुङ सदस्य सेसेहाङ् फियाकले वताए । राष्ट्रिय चुम्लुङमा नेपालका २ प्रदेश कार्यसमिति, १३ जिल्ला शाखा समिति, सम्बधन प्राप्त विदेशी चुम्लुङ् प्रतिनिधि र थरगत प्रतिनिधि गरि २०० जना चुम्लुङ् कार्यकर्ताहरूको सहभाभागिता रहनेछ । यसरी सम्पन्न हुने चुम्लुङ्ले चुम्लुङ्कको विगतमा सम्पन्न गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षमा गरिने वार्षिक नीति तथा कार्यक्रमहरू समेत पारित गर्नेछ । चुम्लुङ झापाको व्यवस्थापनमा हुने कार्यक्रममको सम्पूर्ण तयारी पूरा भएको चुम्लुङ्ग झापाका अध्यक्ष भक्त खेवाङले जानकारी दिए ।

सम्बन्धित खवर

%d bloggers like this: