फागुन २१ गते घरघरमा परिचय पत्र वितरण गर्ने - Sainokhabar

फागुन २१ गते घरघरमा परिचय पत्र वितरण गर्ने

साइनो समाचारदाता

पथरी । पथरी शनिश्चरे नगरकी उपप्रमुख एवम् परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाले अति अशक्त अपाङ्गताका लागि फागुन २१ गते घर घरमा गएरै परिचयपत्रको सेवा दिने योजना वनाएको जानकारी गराइन् । धिकारका लागि अभियान सञ्चालन गरिरहेको संघले सहजिकरण गरेको छलफलमा अपाङ्गताको अधिकार स्थापित गर्न आफुहरु लागिरहेको विष्ट वास्तोलाले वताइन् । उनले परिचयपत्रको प्रक्रियामा आउँदा जाँदा समस्या हुने जटिल अवस्थाका अपाङ्गता भएकाह?लाई गाडीको समेत व्यवस्था गर्ने गरेको जनाइन् ।

अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाउन मंगलबार छलफल भएको छ । नेपाल अपाङ्ग महिला संघको जिल्ला समितिले पथरीशनिश्चरे नगरको अपाङ्गता परिचयपत्र वितरण समितिसँग छलफल गर्दै उनले सो कुरा बताएकी हुन् । छलफलमा वडाध्यक्ष र सचिवले अपाङ्गताको ऐन तथा कानून प्रष्ट बुझेर मात्र सिफारिस गर्दा सहज हुने ठहर गर्दै वडाध्यक्ष र सचिवसँग पनि अन्तरक्रिया गरिने निर्णय भएको छ । जसका लागि चैतको दोस्रो साता कार्यक्रम राखिने संघकी अध्यक्ष भीमा खतिवडाले बताइन् । छलफलमा, अपाङ्गता भएकाहरुको अवस्थालाई गहन हिसावले केलाउँदै ऐनको परिधीमा रहेर मात्र निक्र्यौलमा पुग्नु पर्ने अवस्था रहेको खतिवडाले चर्चा गरिन् । अपाङ्गताको परिचयपत्र वितरण गर्दा उनीहरुको कठीन अवस्था देखेर भावनामा बहेर वितरण गर्दा कानूनी प्रावधान उल्लंघन हुनसक्ने कुरालाई ध्यान दिनु पर्ने उनले बताइन् ।

सम्बन्धित खवर

%d bloggers like this: