आठौ प्रदेशका लागि लिम्बुवान राष्ट्रिय भेला - Sainokhabar

आठौ प्रदेशका लागि लिम्बुवान राष्ट्रिय भेला

साइनो समाचारदाता
धरान । आठौं प्रदेशका लागि सुनसरीको धरानमा लिम्बुवान राष्ट्रिय भेला चैत १ र २ गते हुने भएको छ । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिले नेपालको अबको आठौं प्रदेश, लिम्बुवान प्रदेश भन्ने मूल नाराका साथ लिम्बुवान राष्ट्रिय भेला हुदैछ ।

चैत्र १ गते हुने भेलाको उद्घाटन सत्रमा समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव, डा. बावुराम भट्टराई, बरिष्ट नेता अशोक राई लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने भएको छ । त्यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, संघीय लोकतान्त्रिक राष्ट्यि मञ्च, संघीय लिम्बुवान पार्टी, राष्ट्यि जनमुक्ति पार्टीलगायत पार्टीका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ । को उपस्थिति रहने आयोजकले जनाएको छ । भेलाको बन्द सत्रमा करिब ५ सय प्रतिनिधिहरुको उपस्थिति रहने लिम्बुवान राष्ट्रिय समितिका मुख्यसचिव केदार धिमालले जानकारी दिए । बन्दसत्रमा पहिचानको आन्दोलन, लिम्बुवान आन्दोलन लगायतको बिषयमा विज्ञहरुबाट कार्यपत्र समेत पेश हुने मुख्यसचिव धिमालले जानकारी दिएका छन् । समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङ, आदिवासी अभियन्ता नन्द कन्दङवा, डिबि आङ्बुहाङ, प्रा. डा. कृष्ण हाछेतु, तुलानारायण साह र समितिका तर्फबाट अध्यक्ष खगेन्द्र माखिमले कार्यपत्र प्रस्तुत गर्ने भएको हो ।

सम्बन्धित खवर