अनलाइन, रेडियो र टेलिभिजनलाई पनि वर्गिकरण गर्नुपर्छः फोनिज - Sainokhabar

अनलाइन, रेडियो र टेलिभिजनलाई पनि वर्गिकरण गर्नुपर्छः फोनिज

साइनो समाचारदाता

छथर(तेह्रथुम) । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ ले अनलाइन, रेडियो र टेलिभिजनलाई समेत वर्गीकरणको दायरमा ल्याउनुपर्ने माग गरेको छ । फोनिजले प्रेस काउन्सिल नेपालले राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा तीनै तहका सरकारसँग सञ्चारमाध्यमलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने पनि माग गरेको छ ।

फागुन ८ र ९ गते तेह्रथुमको ऐतिहासिक छथर गाउँपालिकामा सम्पन्न विस्तारित बैठकले ११ बुँदे ‘छथर समावेशी सञ्चार घोषणा पत्र–२०७६’ जारी गर्दै सो माग गरेको छ । ११ बुद्धे घोषणा पत्र गर्दै फोनिजले दश वर्षे जनयुद्ध, २०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलन, मधेस विद्रोह तथा आदिवासी जनजातिलगायतका उत्पीडित समुदायले गरेको आन्दोलनहरुलाई मध्यनजर गर्दै ऐतिहासिक पहिचानको आधारमा प्रदेश नम्बर १ को नामांकन ‘लिम्बुवान–किरात’ हुनुपर्ने माग गरेको छ । सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक प्रदेशभरका सबै सञ्चारमाध्यममा लागू गराउन माग गर्दै साना लगानीका सञ्चारमाध्यमलाई सरकारका तर्फबाट आर्थिक सहुलीयतको व्यवस्था गर्न तीनै तहका सरकार समक्ष माग गरेको छ । त्यस्तै प्रदेश नम्बर १ मा स्थापित मातृ (राष्ट्र भाषा) भाषामा प्रकाशन÷प्रशारण हुने सञ्चारमाध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तिकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गर्न माग पनि गरेको छ । आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग यो विस्तारित वैठक माग गर्दछ ।

तेह्रुथुमको जिल्लाको छथर गाउँपालिकामा रहेका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका पर्यटकीय स्थलहरु मार्गपोखरी, सौरेनी डाँडा पिकनिक स्पोट, चाङलुङ गुफा, हनुमान मूर्ति, ताक्लुङ गढी, थाक्चोलुङ तोेपा माङहिम, योमुइ चाम्खासिङ यक, बराह क्षेत्रको उद्दगम थलो पाँचकन्या, हाङमालुङ, सेम्माङ लुङ, सात तले धाम, शुक्रबारे भ्यू पार्क, शहिदपार्क, मालिङ गुम्बा, चाङसिङ यक लगायतको संरक्षण तथा प्रवद्र्धन गर्न तीनै तहका सरकारसँग वैठक जोडदार माग पनि गरेको छ ।

 

‘छथर समावेशी सञ्चार घोषणा पत्र–२०७६’को पूर्ण विवरण

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को २०७६ फागुन ८ र ९ गते प्रदेश १ तेह्रथुमको ऐतिहासिक छथर गाउँपालिकामा सम्पन्न विस्तारित बैठकले ११ बुँदे ‘छथर समावेशी सञ्चार घोषणा पत्र–२०७६’ जारी गर्दछ,

१. दश वर्षे जनयुद्ध, २०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलन, मधेस विद्रोह तथा आदिवासी जनजाति लगायतका उत्पीडित समुदायले गरेको आन्दोलनहरुलाई मध्यनजर गर्दै ऐतिहासिक पहिचानको आधारमा प्रदेश नम्बर १ को नामांकन ‘लिम्बुवान–किरात’ वा ‘किरात—लिम्बुवान’ नामाकंरण गरियोस भनी बैठक जोडदार माग गर्दछ ।

 

२. सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक प्रदेशभरका सबै सञ्चारमाध्यममा लागू गराउन माग गर्दै साना लगानीका सञ्चारमाध्यमलाई सरकारका तर्फबाट आर्थिक सहुलीयतको व्यवस्था गर्न तीनै तहका सरकार समक्ष यो विस्तारित वैठक माग गर्दछ ।

 

३. समाचार लेखेकै भरमा पत्रकारलाई कुटपिट गर्ने, धम्क्याउने, मानसिक तनाव दिने जस्ता गतिविधि तत्काल अन्त्य गर्दै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न तीनै तहका सरकारसँग यो विस्तारित वैठक माग गर्दछ ।

 

४. प्रदेश नम्बर १ मा स्थापित मातृ (राष्ट्र भाषा) भाषामा प्रकाशन÷प्रशारण हुने सञ्चारमाध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तिकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गरियोस् ।

 

५. राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा तीनै तहका साना ठूला लगानीका सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने व्यवस्था गदै अनलाइन, रेडियो र टेलिभिजनलाई समेत वर्गीकरणको दायरमा ल्याउन प्रेस काउन्सिल नेपालसँग यो बैठक जोडदार माग गर्दछ ।

 

६. आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग यो विस्तारित वैठक माग गर्दछ ।

 

७. नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चारसम्बद्ध संघसंस्थालाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको अनुदान रकम फोनिजलाई हाल कटौती गरेकोले उक्त अनुदान उपलब्ध गराउन यो विस्तारित बैठक माग गर्दछ ।

 

८. समानुपातिक समावेशी प्रतिनिधित्व व्यवस्था अनुरुप सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोही अनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा कार्यान्वयन गरी समाचार कक्ष समावेशीताका लागि यो विस्तारित वैठक माग गर्दछ ।

 

९. प्रथाजनित कानूनहरुसँग बाझिएका कानूनहरु स्वतह खारेजी गर्न यो बैठक जोड्दार माग गर्दछ ।

 

१०. तेह्रुथुमको जिल्लाको छथर गाउँपालिकामा रहेका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका पर्यटकीय स्थलहरु मार्गपोखरी, सौरेनी डाँडा पिकनिक स्पोट, चाङलुङ गुफा, हनुमान मूर्ति, ताक्लुङ गढी, थाक्चोलुङ तोेपा माङहिम, योमुइ चाम्खासिङ यक, बराह क्षेत्रको उद्दगम थलो पाँचकन्या, हाङमालुङ, सेम्माङ लुङ, सात तले धाम, शुक्रबारे भ्यू पार्क, शहिदपार्क, मालिङ गुम्बा, चाङसिङ यक लगायतको संरक्षण तथा प्रवद्र्धन गर्न तीनै तहका सरकारसँग वैठक जोडदार माग गर्दछ ।

 

११. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को विस्तारित बैठकमा आमन्त्रित प्रमुख अतिथि छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बु (तिगेला), विशिष्ट अतिथि फोनिजका संघीय सचिबद्धय मिलन लिम्बु र कमन देवान, अतिथि संघीय सल्लाहकार सन्जय सन्तोषी राई, फोनिज प्रदेश सल्लाहकार संयोजक जनकऋषि राई, छथर गाउँपालिकाकी उपाध्यक्ष तारा खरेल (ढकाल), गाउँपालिकाका प्रबक्ता राजन नेपाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धब तिम्सिना, नेपाल पत्रकार महासंघ पान्थरका अध्यक्ष लवदेव ढुङ्गाना, पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुङ्गाना, बैठकको स्थानीय संयोजन गर्ने फोनिज तेह्रथुम शाखा तथा फोनिजका विभिन्न जिल्लाका प्रतिनिधिलगायत बैठकमा सहयोग पुर्याउनु हुने सबैमा विस्तारित बैठक विशेष धन्यवाद व्यक्त गर्दछ ।

९ फागुन २०७६

सम्बन्धित खवर

%d bloggers like this: