नगरपालिकाले गर्यो नगर अनुगमन - Sainokhabar

नगरपालिकाले गर्यो नगर अनुगमन

साइनो समाचारदाता

पथरी । नगरपालिकामा सञ्चालित विकास निर्माणका ३ वटा योजना नगरपालिकाले अनुगमन गरेको छ ।

पथरी शनिश्चरे नगरपालिकाका उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले वडा नम्बर १ को पथरी पूर्ववसस्टेण्डमा निर्माण गरिएको पर्खालको अनुगमन गरेको हो । ५ लाखको लागतमा ३२ दशमलव ४० मिटर लम्वाईको पर्खाल निर्माण भएको छ । यसैगरी, टोलीले १३ लाख रुपैयाँ वडाको बजेटमा १५ प्रतिशत थप उपभोक्ताले व्यवहोरेर निर्माण थालिएको वडा नम्वर ३ को पिपलचोक भोटेघुम्ती नमूना सडकको निर्माण कार्यको पनि अनुगमन् गरेको छ । त्यहाँ १ हजार १ सय मिटर लम्वाई रहेको सडकमा १ ग्रेड ग्राभेलका लागि नाला खन्ने र माटो पुर्ने कार्य भइरहेको छ । त्यसैगरी, नगरको ४ लाख ७० हजार रुपैयाँ बजेटमा वडा नम्वर ४ को शिरिषेडाँडा साकेला थानमा पर्खाल लगाउने कार्यको पनि अनुगमन् गरिएको छ । त्यहाँ २२ मिटर लम्वाई र २ मिटर ९० सेन्टिमिटर उचाईको पर्खाल निर्माण सम्पन्न भएको छ । साथै, अनुगमन् टोलीले वडा नम्वर ९ स्थित मगरटोल नाकाबाट कर्मचारी राखेर अमानतमा थालिएको खोलाजन्य सामग्रीको निकासीको पनि अनुगमगन गरेको छ । त्यहाँ गत शनिवारबारदेखि सुरु भएको गिट्टी बालुवा निकासी कार्यबाट ३ दिनमा १ लाख ७९ हजार ४ सय रुपैयाँ राजस्व रकम संकलन भएको छ । स्थानीय ठाउँको विकास निर्माणका लागि प्रयोग गर्नेगरी प्राविधिक जाँचपछि नगरपालिकाले निकासीको काम थालेको हो ।

सम्बन्धित खवर

%d bloggers like this: