दादुरा रुवेला खोप अभियानः एक्कै दिन १ हजारलाई औषधि खुवाइयो - Sainokhabar

दादुरा रुवेला खोप अभियानः एक्कै दिन १ हजारलाई औषधि खुवाइयो

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा सोमबार १ हजार बालबालिकाले दादुरा रुबेलाको खोप लगाउनुका साथै पोलियो थोपा सेवन गरेका छन । अभियानको छैटौं दिन ९ महिनादेखि ५ वर्षसम्मका ९ सय ८५ बालबालिकाले दादुरा रुबेलाको खोप लगाएका छन् ।

जन्मेदेखि ५ वर्षभित्रका १ हजार ४१ बालबालिकाले पोलियो थोपा खाएको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाएका छन् । भूटानी शरणार्थी शिविरमा २ सय जनाले दादुरा रुबेलाको खोप र २ सय २९ ले पोलियो औषधि सेवन गरेका छन् । फागुन ७ गतेबाट वडा वडामा सुरु गरिएको कार्यक्रम अन्तर्गत सोमबारसम्ममा ३ हजार ५ सय ८ जनालाई दादुरा रुबेलाको खोप दिएको छ । दादुरा रुबेलासँगै पोलियो विरुद्धको औषधि खुवाउने कार्यक्रममा सो अवधिमा ३ हजार ८ सय ९७ बालबालिकालाई पोलियो थोपा खुवाइएको छ । नगरपालिकाले ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य बनाएको छ । खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने ३८ वटा विद्यालयहरुलाई केन्द्र बनाएर कार्यक्रम अघि बढाइएको छ । खोप लगाएपछि बालबालिकालाई खोप कार्ड समेत प्रदान गरिएको छ । दादुरा रुबेला एकप्रकारको भाइरसबाट हुने समस्याको निवारणका लागि १६ गतेसम्म अभियान सञ्चालन गरिने छ ।

सम्बन्धित खवर