व्यक्तित्व विकास तथा संगठन सम्बन्धी प्रशिक्षण - Sainokhabar

व्यक्तित्व विकास तथा संगठन सम्बन्धी प्रशिक्षण

साइनो समाचारदाता

धरान । लिम्बु विद्यार्थी मञ्च सुनसरी द्वारा ब्यक्तित्व विकास तथा संगठन सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिति सुनसरीको आयोजनामा ब्यक्तित्व विकास तथा संगठन सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रमको समापन समारोह जिल्ला कार्य समिति सुनसरीका कार्यवाहक अध्यक्ष हरि ईवाहाङ लिम्बूको अध्यक्षता सम्पन्न भयो । चुम्लुङ हिम धरानमा सम्पन्न भएको कार्यक्रम मातृभाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वयत्त लिम्बुवान ू भन्ने मूल नाराका साथ सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमको समापन समारोह लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नितेश सिंघक को प्रमुख आथित्यमा सम्पन्न भएको हो । उनले भाषा, संस्कार संस्कृति, धर्म, लिपि र भेषभूषालाई जोगाइराख्न अत्यावश्यक रहेको जनाए । मञ्चका सागर सरगम चेम्जोङले सरकारी स्तरबाट विद्यार्थीहरूले पाउनुपर्ने अधिकार पूर्ण रुपमा लिम्बू विद्यार्थीहरुले नपाएकोले पूर्ण अधिकार प्राप्तिको लागि मञ्च अघि बढ्नुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा इटहरी, धरान र चक्रघटीका विभिन्न क्याम्पस शाखाका ४५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । कार्यक्रममा संगठनसम्बन्धी आवश्यक ज्ञान मञ्चका केन्द्रिय उपाध्यक्ष राम लिङ्दमले प्रशिक्षण दिएका थिए । प्रशिक्षण संसदीय सभा बैठक सञ्चालन उद्घोषण गरी दुई विधामा दिईएको थियो । संसदीय सभा बैठक सञ्चालन बिधा तर्फको प्रशिक्षण हितराम तिलिङ प्रशिक्षण प्रदान गरे । उनले बैठकको प्रकार, बैठक सञ्चालन, माइन्युटको प्रकार र माइन्युट लेखन आदिको बारेमा तालिम प्रदान गरे । उद्घोषण विधातर्फ औपचारिक कार्यक्रम सिङ्ह बहादुर मादेन र अनौपचारिक कार्यक्रम मेरिना तुम्साले प्रशिक्षण प्रशिक्षण दिएको थिए । तिनैजना प्रशिक्षक लाई मायाको चिनो र तालिममा भागलिने सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान दिएको थियो । समापन समारोहमा लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय महासचिव गुल्सन आङबुहाङ,उपमहासचिवद्धय सागर सरगम चेमजोङ र प्रदिप नेयोङ, सचिव सेमी तुम्बापो,सदस्य श्री लिङ्खिम लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर