कलाकारको सम्मान गर्दै बाल नमुनाको २४ औँ वार्षिकोत्सब सम्पन्न (फोटो फिचर) - Sainokhabar

कलाकारको सम्मान गर्दै बाल नमुनाको २४ औँ वार्षिकोत्सब सम्पन्न (फोटो फिचर)

साइनो समाचारदाता पथरी/ बाल नमुना विद्या मन्दिरले राष्ट्रीय थ्रिएटरका कलाकार जिवन बराल र कलाकार लक्ष्णा राई थसुलीलाई सम्मान गरेको छ । मोरङ्गको पथरी शनिश्चरे १० मा स्थापित विद्यालयले आफ्नो २४ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा सांगीतिक कार्यक्रमका साथ नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा बिध्यालयले विद्यार्थी तथा अभिभावकहरुलाई विभिन्न विधाका पुरस्कार वितरण गर्दै वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
कार्यक्रमको अवसरमा विद्यार्थीहरुले पथरीशनिश्चरेमा पहिलो पटक “फुड फेस्टिभल” को रुपमा खानाको स्टल देखाएका थिए भने उपस्थीत अतिथी र अभिभावकहरुलाई परिकार खुवाएर स्वागत गरेका थिए ।


अभिभावक, शिक्षक शिक्षिका र नानीहरु विचको सम्बन्ध कस्तो रहनु पर्छ सन्देश बोकेको “समय“ शीर्षक नाटक मंचन गर्नुका साथै कार्यक्रममा सांगीतिक प्रस्तुतीद्धारा अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए । सो नाटकको प्रशिक्षण कलाकार लक्षणा राई “थसुल्ली” र राष्ट्रिय नाचघर काठमाण्डौँका प्रशिक्षक जीवन बरालले सहजीकरण गर्नु भएको थियो ।


कार्यक्रमको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख दिलिप कुमार राईले नगरमा तिन दर्जन विद्यालयहरु रहेको बताउदै सबै बिध्यालयले नियमको पालना गर्दै अगाडी बढ्न अनुरोध गर्नु भयो । राईले सफल स्कुल र उत्कृष्ट बिध्यार्थी बन्न अभिभावक, शिक्षक शिक्षीका र स्वयम बिध्यार्थीले मेहनत गर्नु पर्ने बताउनु भयो ।
शनिश्चरे भुटानी सरणार्थी शिविरका प्रमुख चम्पासिंह राईले भुटानी शरणार्थी शिविर शनिश्चरेका १७ जना विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गरिरहेको बताउदै शिविरका लागि विद्यालयले ठुलो गुण लगाएको बताउनुभयो ।


विद्यालय संचालक समितिका अध्यक्ष वीर वहादुर घिमिरेले विद्यालयले नयाँ शैक्षिक सत्रबाट कक्षा थप गरि कक्षा ९ संचालन गर्ने अनुमती प्राप्त गरिसकेको र कक्षा संचालनको सम्पुर्ण तयारी पूरा भएको बताउनु भयो । विद्यालयले क्रमस कक्षा थप गर्दै कक्षा १२ सम्म अध्यापन गराउने लक्ष राखेको घिमिरेको भनाई छ ।
कार्यक्रममा बोल्दैै एनप्याब्सन प्रदेश १ का अध्यक्ष जय कुमार श्रेष्ठले छोटो समयमा लामो फड्को मार्न सफर बाल नमुना बिद्या मन्दिरले शिक्षालाई ब्यावसाय मात्र नभैई समाजिककार्य समेत गरेको उल्लेख गर्नु भयो ।

सम्बन्धित खवर