हिलिहाङ अध्यक्षमा लिङ्देन निर्वाचित - Sainokhabar

हिलिहाङ अध्यक्षमा लिङ्देन निर्वाचित

साइनो समाचारदाता

पाँचथर । संघीय लिम्बुवान मञ्च,नेपाल हिलिहाङ गाउँपालिकाको प्रथम अधिबेशनले चन्द्रकुमार लिङ्देनको अध्यक्षतामा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा अमृत लिङ्देन,सचिवमा गणेश लिङ्देन, सहसचिवमा लक्ष्मी योङ्हाङ, अर्थसचिवमा गणेश योङ्हाङ,सदस्यहरुमा धनबहादुर थाम्सुहाङ,देउप्रकाश योङ्हाङ,शर्ण केरुङ,हर्कप्रसाद हेम्ब्या,पदम थङगम्बा,बजिन लावती,राजेस योङ्हाङ,सन्तोशा सिगु ुहर्कमायाँु रहेका छन ।

शनिबार पान्थरको गोपेटारमा सम्पन्न पहिलो अधिबेशनमा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय प्रवास समन्वय समितिको संयोजक चन्द्रकुमार लिङ्देन, जिल्ला अध्यक्ष सागर केरुङ, उपाध्यक्षद्वय चन्द्रराज आङ्देम्बे,हर्कजङ लिङ्देन,अर्थसचिव योगेस योङ्या,जिल्ला सचिवालय सदस्य नरबहादुर हेम्ब्या,जिल्ला सदस्यद्वय बिनोद योङ्हाङ,श्री खुदाङ,संघीय बिद्यार्थी युनियनका जिल्ला उपाध्यक्ष सम्झाना योङ्हाङ, संघीय युवा मञ्च जिल्ला उपाध्यक्ष आधार घिमिरे,सचिव रामचन्द्र नेम्बाङ,अर्थसचिव आशिस सुहाङ,सदस्य शर्ण केरुङ,एलभी कमान्डर कुमार यवा मौसम,नेता राम केरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: