बराहक्षेत्रमा पनि युमा साम्यो गठन - Sainokhabar

बराहक्षेत्रमा पनि युमा साम्यो गठन

साइनो समाचारदाता

धरान । युमा साम्यो महासभा नेपाल बराहक्षेत्र नगरपालिकाको आयोजनामा शनिबार युमा साम्यो सम्बन्धी एक अन्तरक्रिया सम्पन्न भयो ।

केन्द्रीय अध्यक्ष देबेन्द्र कुमार वनेमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथिद्वय केन्द्रीय उपाध्यक्ष हर्क सुब्बा इजम, केन्द्रीय उपाध्यक्ष येबा मानबहादुर सिरेङ, अतिथिहरूः केन्द्रीय सचिव भीमसेन लिङदम, केन्द्रीय सदस्य बिरान इजम, सुनसरी जिल्ला अध्यक्ष नेत्र प्रसाद सौदेन, सुनसरी जिल्ला सचिव दिलकुमार सिरेङ, पेगी फाङसाम सुनसरी चुम्लुङका अध्यक्ष येबा सञ्जयवीर नाल्बो, सचिव मनकुमार लाबुङ, मिक्वाखोला अध्यक्ष येबा कान्छा धनराज थल्लङ, बराहक्षेत्र नपा वडा नं। ७ का अध्यक्ष वीरबहादुर लिम्बू र बराहक्षेत्र नपा वडा नं। ९ का अध्यक्ष दिपक लिम्बूबाट मन्तव्य व्यक्त गरिएका थिए ।
मूलबाटो बिराएर गएका आफन्तहरुलाई मूलघर फर्कन वक्ताहरुद्वारा आव्हान गरिएको थियो भने गलत नियतले याक्थुङ समुदायमाझ भ्रम फिँजाइरहेका मतिभ्रष्टहरूको आलोचना गरिएको थियो । युमा साम्यो बराहक्षेत्र नगरपालिकाका अध्यक्ष श्याम ओख्राबोको सभापतित्व रहेको सो कार्यक्रममा बराहक्षेत्र नपा वडा नं. ७ शाखा समेत गठन गरियो । समितिको अध्यक्षमा जयबहादुर मादेन, सचिव मा चन्द्रकुमार लिम्बू, कोषाध्यक्ष मा चन्द्रकुमारी लिम्बू, र सदस्यहरूः मायमप्रसाद लिम्बू, टिका लिम्बू, शुक्रराज लिम्बू, अमृत लिम्बू छन् ।

सम्बन्धित खवर