न्यू प्यागोडाले मनायो २८ औँ बार्षिकोत्सव - Sainokhabar

न्यू प्यागोडाले मनायो २८ औँ बार्षिकोत्सव

साइनो समचारदाता पथरी /  मोरङ पथरी शनिश्चरे १ मा रहेको न्यू प्यागोडा मा वि ले आफ्नो २८ औँ अभिभावक दिवश भव्यताका साथ मनाएको छ ।  प्यागोडाले बार्षिकोत्सव तथा अभिभावक दिवशको अवसरमा विभिन्न कार्यक्रम गरि बिध्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कार्यक्रममा आफ्ना पुर्व बिध्यार्थी मिस पथरीशनिश्चरे हुदै १० औँ मिस पूर्वाञ्चल हुन सफल मिस रिजु भटराई र मिस्टर पोखरा वढि विल्डर्स प्रकास राईलाई सम्मान गरेको थियो ।


बार्षिकोत्सव कार्यक्रममा बिध्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम गरि अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए भने । बिध्यालयले बिध्यार्थीको हौसला प्रदान गर्न बिध्यालय, प्याब्सन र अन्य संघ सस्थाले आयोजना गरेको बिभिन्न विधामा उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख दिलिप कुमार राईले स्कृल र नगरको गरिमा बढाएउने प्रकास राई र रिजु भट्टराईलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै मेयर राईले शैक्षिक क्षेत्रको एक धरोहरका रुपमा रहेको न्यू प्यागोडाले यस्तै सफल बिध्यार्थी उत्पादन गर्दै अघि बढ्न जोड दिनु भयो ।


कार्यक्रममा शिक्षक रुपक सापकोटा र संगीता श्रेष्ठलाई सम्मान गरिएको थियो भने । कक्षामा उत्कृष्ट विद्याथी, खेलकुदमा उत्कृष्ट विद्यार्थी, खेलकुदमा उत्कृष्ट अभिभावक लगाएतलाई पुरस्कार समेत वितरण गरिएको थियो । भर्खरै समपन्न नगर प्याब्सनखेलमा विजेता भएका खेलाडी र कोचलाई समेत ट्रफि र मेडलले सम्मान गरियो ।
बिध्यालयले बिध्यार्थीको हौसला बढाउन आगामी वर्षको एस.ई.ई.मा द्धन्एब् ल्याउने विद्यार्थीहरुलाई नगद ५० हजार पुरस्कार दिइने विद्यालयका निर्देशक टिका प्रसाद दंगालले जानकारी दिनुभयो ।
अभिभावक संघका अध्यक्ष विश्वमणि निरौलाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मिस पुर्वाञ्चल रीजु भट्टराईले आफ्नो शिक्षासंगै अन्य क्रियाकलापमा विद्यालयले सधैँ साथ दिएको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रम कार्यक्रममा नर्सरी देखिका विद्यार्थीहरुले गायन, नृत्य प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: