साइनो समाचारदाता
काठमाडौ । ७० करोड कमिसन सञ्चार मन्त्री गोकुल बास्कोटाले मागेको अडियो सार्वजनिक भएकाले बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
विहीबार प्रतिपक्षी नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस प्रधानमन्त्री केपि शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको खबर सार्वजनिक भएको थियो । तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बागेर्निङ गरेको अडियो सार्वजनिक भए पश्चात् अनियमियता अझै रोचक बन्दै गएको छ ।