अरुणोदयको २५ औं रजत जयन्ती - Sainokhabar

अरुणोदयको २५ औं रजत जयन्ती

साइनो समचारदाता पथरी/  मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको अरुणोदय अग्रेजी मा विले आफ्नो २५ औं रजत जयन्ती भब्यताका साथ सम्पन्न गरेको छ ।
२५ औं रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राईले सरकारले दिएको शिक्षा नीति प्रभावकारी नभए पनि निजि बिध्यालयले केहि उपयोगी शिक्षा दिएको बताउनु भयो ।


अवको शिक्षा उपयोगी, सीप मुलक हुनु पर्ने भन्दै सबै निजी बिध्यालयलाई प्राबिधीक शिक्षा र सिप मुलक शिक्षा तिर ध्यान दिन अनुरोध गर्नु भयो । अभिभावक र स्कुलको सम्बन्ध घरको परिवार जस्तो र बिध्याथी र शिक्षको संम्बन्ध आफ्नै सन्तानको जस्तो भए बिध्यार्थीको भबिस्य उज्जल हुने बताउनु भयो ।
कार्यक्रममा प्याब्सन प्रदेश सदस्य नवलकिशोर खनालले पथरीशनिशचरे नगरमा रहेर अरुणोदय अग्रेजी मा विले शिक्षामा उत्कृष्ट नतिजा निकाल्दै दक्ष बिध्यार्थीहरु बनाउन सफल रहेको बताउनु भयो ।


रजत जयन्तिको अवसरमा बोडिङले एक हप्ते खेल्कुद प्रतियोगिता गरि उत्कृष्ट बिध्यार्थीहरुलाई पुरस्कृत गरेको थियो । कार्यक्रममा पढाईमा उत्कृष्ट बिध्यार्थी समाजका सामाजिक ब्याक्तित्वहरुलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा बिध्यार्थीद्धारा नित्य, गायन, नाटक प्रस्तुत गरि अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित खवर