अन्तर्राष्ट्रिय भेटघाट कार्यक्रम - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

अन्तर्राष्ट्रिय भेटघाट कार्यक्रम

साइनो समाचारदाता

पाँचथर । चङबाङ साँबा उत्थान समाज नेपालको मेमेङ सिदेन उप समिति पाँचथरले चङबाङ साँबा अन्तर्राष्ट्रिय भेटघाट कार्यक्रमको आयोजना गरिएको छ ।

फागुन २ गते फालेलुङ गाउँ पालिकाको वडा न. ३ थकेपुङ पाँचथरमा बिर्खराज चङबाङ साँबा को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । चङबाङ साँबा (लिम्बू)हरुको पुर्खौली जन्म थलो ताप्लेजुङ भएता पनि विभिन्न कारण हाल देशको विभिन्न जिल्ला तथा नेपाल बाहिरको मुलुकमा समेत बसोबास गर्दै आएका चङबाङ साँबाहरुलाई एकताको सुत्रमा बाध्न कार्यक्रमको आयोजना गरिएको थियो । फालेलुङ गाउँ पालिकाका विभिन्न राजनैतिक दल तथा संघ संस्थामा आबद्ध प्रतिनिधिहरुको भएको कार्यक्रम फालेलुङ गाउँ पालिका अध्यक्ष सन्च कुमार केरुङको प्रमुख अतिथि तथा चङबाङ साँबा उत्थान समाज नेपालका केन्द्रिय अध्यक्ष बुद्धि चङबाङ साँबा विशिष्ट अतिथ्यमा भएको हो । कार्यक्रममा संस्कृति झल्किने विभिन्न नाच गान समेतको प्रस्तुति गरिएको थियो

सम्बन्धित खवर