भेलाको प्रचार गर्न मोटरसाइकल र्याली   - Sainokhabar

भेलाको प्रचार गर्न मोटरसाइकल र्याली  

राजेश कुमार राजवंशी

विराटनगर । राजवंशी समाज उत्थान केन्द्रीय समितिले आयोजना गर्ने १३ औ बृहत भेलााको प्रचार गरिएको छ । फागुन ६ गते आयोजकले मोटरसाइकल र्यालीका आयोजना गरेको छ ।

विराटनगरको कन्चन्वारी देखि पोखरिया, शंकरपुर ,गोग्राह, कोचाखाल, सरोचिया, पिछरा, मलहनुवा, दहरिया, बखरी, बलुवाही, जतुवा, कटकुप्पा, बुधनगर, हरिनगरा, हथिबन्धा, बभनटोलि, जयरामपुर, बनरखोकिया, कदमटोली ,आदर्शटोल, जिरात, खोरिया, महेसपुर लगायतस्थान र्यालीको आयोजना गरिएको हो । र्याली पुरानो बुधहाटमा पुगेर कोणसभामा परिणत गरिएको थियो । सभामा उत्थानका. जिल्ला अध्यक्ष प्रदीप विस्वास राजवंशीले विराट राजवंशीलाई आदिवासी जनजाति प्रतिष्ठानमा सुचिकृत गराउनको लागि १३ औ बृहत भेला गर्न गर्न लागेको बताए । उत्थानका केन्द्रीय अध्यक्ष भुवनेस्वर मण्डल राजवंशीले विराट राजवंशी विराटनगरको वरिपरी भएको हुनाले विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गर्नपर्ने धारणा राखेका छन् । विराट राजवंशीहरुले १३ औ बृहत भेला पछि आन्दोलन गर्ने उनले बताए । मोटरसाइकल र्याली प्रचार प्रसार तथा सञ्चार संयोजक राजेश कुमार राजवंशीको अध्यक्षतामा कोण सभा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर