सुनसरीमा लिम्बुवान किरातको लागि खबरदारी सभा गर्ने - Sainokhabar

सुनसरीमा लिम्बुवान किरातको लागि खबरदारी सभा गर्ने

साइनो समाचारदाता

इटहरी । लिम्बुवान किराँत संयुक्त संघर्ष समिति सुनसरी संयुक्त संघर्ष समिति गठन गरिएको छ । सोमबार भएको भेलाले भरतमान थामीको संयोजकत्वमा पच्चीस सदस्यीय संघर्ष समिति गठन भएको छ । समितिको सदस्यहरुमा कृष्ण लावती, कैलाश आङ्देम्बे, चित्र वनेम, वीर बहादुर सुब्बा, विपिन इवाराम, कृष्ण लिम्बु, भुपेन्द्र सुन्दर लावती, गजेन्द्र चोङबाङ क्याक, आइन्द्र कुरुम्बाङ, चन्द्र सम्बाहाङफे, अमर इजम, मनोहर थलङ, अंशुवर्मा लिम्बू, राजन सेम्बु, उदय सुब्बा, पारस लिम्बू, देवान तामाङ, सन्जुहाङ साम्बा, राम नेम्बाङ, अशोक चोङबाङ, रिन्जी शेर्पा, पदम तामाङ, मिजोतलुङ लिम्बू, चन्द्र गोम्देनलगायत सदस्य छन् ।

संघर्ष समितिले फागुन ८ गते इटहरीमा खबरदारी कोण सभा गर्ने, फागुन १० गते धरानमा अन्तरक्रिया, फागुन १४ गते धरानमा खबरदारी कोण सभा गर्ने फागुन १७ गते इटहरीमा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: